जेल परेका अख्तियारका पूर्व प्रमुख आयुक्त हप्ता दिनदेखि अस्पतालमा

मदन कोइराला
१७ वैशाख २०७८ ७:५८

काठमाडौं। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अख्यितार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात एक हप्तादेखि अस्पतालमा छन्।

गत वैशाख ९ गते बिहीबार स्वास्थ्यमा समस्या आएपछि सुरुमा ग्राण्डी अस्पताल भर्ना भएका बस्नेत त्यहाँ उपचार संभव नभएपछि एक हप्तादेखि ओम अस्पतालमा उपचार गराइरहेका छन्। अस्पताल स्रोतका अनुसार उनलाई कोभिड संक्रमण भएको छ। केही दिनदेखि उनलाई अक्सिजन दिएर राखिएको छ।

चार वर्ष अगाडि भारतको दिल्लीमा पेटको अपरेशन गराएका बस्न्यातलाई उच्च रक्तचापको पनि समस्या छ। ‘उहाँमा धेरै रोग रहेछन्,’ डिल्ली बजार कारागार स्रोतले डिसी नेपालसँग भन्यो, ‘चार वर्ष पहिला पेटको अपरेशन भएको रहेछ। उच्च रक्तचापको पनि समस्या रहेछ। बेला बेलामा त्यसले दुख दिइरहने रहेछ। नौ गते (बिहीबार) स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पताल जानु भएको थियो। अस्पतालले भारतबाट डाक्टर बोलाइदिन्छु भनेको रहेछ। कोभिडका कारण भारतबाट डाक्टर आउन नसक्ने भएपछि अहिले उहाँ ओम अस्पतालमा उपचाररत हुनुुहुन्छ। उहाँलाई कोभिड संक्रमण भएको छ।’

चार वर्ष पहिला पेटको अपरेशन भएको रहेछ। उच्च रक्तचापको पनि समस्या रहेछ। बेला बेलामा त्यसले दुख दिइरहने रहेछ। नौ गते (बिहीबार) स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पताल जानु भएको थियो। अस्पतालले भारतबाट डाक्टर बोलाइदिन्छु भनेको रहेछ। कोभिडका कारण भारतबाट डाक्टर आउन नसक्ने भएपछि अहिले उहाँ ओम अस्पतालमा उपचाररत हुनुुहुन्छ। उहाँलाई कोभिड संक्रमण भएको छ

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बस्न्यात पहिलादेखि नै धेरै रोगबाट पीडित रहेको बताए। ‘उहाँलाई पहिलादेखि नै धेरै रोगले सताएको रहेछ,’ महानिर्देशक पोखरेलले डिसी नेपालसँग भने, ‘अहिले त्यसैको उपचारको क्रममा ओम अस्पतालमा हुनुहुन्छ।’
बस्न्यातको पारिवारिक स्रोतका अनुसार उनलाई केही दिनदेखि अस्क्सिजन दिएर राखिएको छ। दुई दिनदेखि स्वास्थ्यामा सामान्य सुधार भइरहेको छ।

डिल्लीबजार काराजारका जेलर बसन्त कुँवर अनुसार बस्न्यातलाई कोभिड संक्रमण पनिे पुष्टि भएको छ। बस्न्यात ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा गत मंसिर २८ गतेदेखि पुर्पक्षका लागि डिल्लीबजार कारकारमा छन्।

उनलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्नेत आरोपित देखिने भएकाले थुनामा पठाउने आदेश दिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *