भारतसँगका २२ वटा नाका बन्द गर्न सीसीएमसीको सिफारिस

डिसी नेपाल
१७ वैशाख २०७८ २०:०३
328
Shares

काठमाडौं। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भारतसँगका २२ वटा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। देशमा कोरोनाको बढ्दो संक्रमण र भारत पनि बढ्दो संक्रमणका कारण सीमा नाका बन्द गर्न सीसीएमसीले सिफारिस गरेको हो।

सीसीएमसीले गरेको सिफारिस मन्त्रिपरिषद बैठकले स्वकृति गरे कार्यान्वयनमा आउनेछ। भारतमा हाल दैनिक करिब ४ लाख कोरोना संक्रमणका नयाँ केस आउने गरेका छन् भने नेपालमा दैनिक पाँच हजारभन्दा धेरे केस पुष्टि हुने गरेका छन्।

सरकारले कोरोना बढेसँगै देशको राजधानी काठमाडौंसहित विभिन्न २० जिल्लामा निशेषाधाज्ञा जारी गरिसकेको छ। कोरोना बढेपछि सीमा बन्द गर्नुपर्ने आवाज उठ्दै आएको बेला सीसीएमसीले शुक्रबार २२ वटा नाका बन्द गर्न र १३ वटामात्र सञ्चालन गर्न सिफारिस गरेको हो।

सीसीएमसीले पशुपतिनगर, काँकडभिट्टा, जोगवनी, भिट्टामोड, गौर, वीरगञ्ज, कृष्णनगर, बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र झुलाघाट नाकामात्र सञ्चालन गर्न सिफारिस गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *