नेपाल इन्जिनियरिङ कलेजमा एक सय बेडको आइसोलेसन सेन्टर

डिसी नेपाल
१८ वैशाख २०७८ १८:२१

काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा एक सय बेडको आइसोलेसन सेन्टर बनाइएको छ ।

देशभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कलेजले सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै एक सय बेड आइसोलेसन सेन्टर बनाएको हो ।


कलेजका प्रिन्सिपल प्रा. डा. हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँं मात्रै उपलब्ध गराएको र बार्डका लागि बाँंकी सबै काम नेपाल सरकारले नै गरेको स्पष्ट पारे ।
शनिबार बिहानसम्म त्यहाँं बिरामी भने पुगेको छैन । तर, बिरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ ।

आइसोलेसन बेडमा बिरामीलाई चाहिने सानीटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *