टेक्सासमा नेपाली पाठशालाले दीक्षान्त समारोह आयोजना गर्दै  

डिसी नेपाल
१८ वैशाख २०७८ १८:३०
320
Shares

 

टेक्सास – सम्भवत: संसारमै नेपाल बाहिर रहेका नेपालीहरु द्वारा संचालित सवैभन्दा ठूलो स्कूलको आउदो आइतबार मे २ दिउसो १ बजेबाट दीक्षान्त समारोहको आयोजना गरिएको छ।

सन् २००४ मा शुरु भएको यस स्कूलको २०२१ स्प्रिङ्ग सेसनमा मात्र ४०० भन्दा बढी बिद्यार्थीहरु भर्ना भएका थिए। नेपाली समाज टेक्ससद्वारा संचालित यस स्कूलको प्रिन्सिपल टेक्सास निवासी विजयराज भट्टराई हुन।

हप्ताको ४ दिन (शनिवार, आइतवार, मंगलवार र बिहिबार) संचालन हुदै आइरहेको यस स्कूलमा शिक्षकहरु भोजबहादुर बलायर, सुशील चौधरी, डा होम आचार्य, श्रद्धा अधिकारी, पशुपति तिम्सिना, र बटुक बिष्ट ले स्प्रिङ्ग सेसनका बिभिन्न बिषयमा अध्यापन गराएका थिए।

यस पाठशालामा नेपाली लेख्ने, पढ्ने, नैतिक शिक्षा, पब्लिक स्पिकिङ्ग तथा लिडरशिप, योगा, वेबसाइट डिजाइन तथा डेभलपमेण्ट का अतिरिक्त क्रियाकलाप नृत्य, गायन, कथा वाचन सवै कुराहरुको छुट्टाछुट्टै कक्षा संचालन गरिएको छ।

आइतबार दीक्षान्त समारोह पनि अनलाइन नै हुनेछ। समारोहको अवसरमा केही विद्यार्थीहरुले आफ्नो घरमै बसेर जुमबाटै आफ्नो प्रतिभाहरु प्रस्तुत गर्नेछन। उनीहरुले नाचगानका अतिरिक्त आफ्ना प्रतिभाहरु प्रस्तुत गर्ने जानकारी स्कुलका प्रिन्सिपल विजयराज भट्टराईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *