गायक प्रतिक पौडेलको गीतमा मनिष र आरजुको रोमान्स

डिसी नेपाल
१९ वैशाख २०७८ १२:३२

काठमाडौँ । गायक प्रतिक पौडेलको ‘एउटा गीत’ बोलको भिडियो सार्वजनिक भएको छ । प्रतिककै शब्द, संगीतमा समावेश गीतको भिडियो बजारमा आए लगत्तै राम्रो चर्चा कमाएकाे  छ । भिडियोमा नायक मनिष श्रेष्ठ र सुन्दरी मोडल आरजु बैजुको अभिनय देख्न सकिन्छ । आँफुले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठा मिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका हुन्छन् । जानी नजानी नामक चलचित्रबाट चर्चा कमाएका मनिषले दयाराम दाहालको निर्देशनमा तयार भएको फिल्म रानीबाट ठूलो पर्दामा डेब्यू गरेका थिए । त्यस्तै करिब आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी आरजुकाे जोडी मनिषसँगको निकै सुहाएको निर्देशक शिशिर खाती बताउँछन् ।

करिब ५ दर्जन म्यूजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक खाती भन्छन् “मनिष र आरजुसँग नयाँ भिडियोमा काम गर्दा निकै रमाइलो भयो ।” भिडियोमा निर्देशक खातीले एकतर्फी मायामा डुबेका युवकको कथाई रोमान्टिक शैलीमा तयार पारेका छन् । चकलेटी नायक प्रदिप खड्काको चर्चित फिल्म लभ स्टेशनमा तिम्ले हेर्ने जुन, मेरो आँगनिमा कोरियोग्राफीको जिम्मेवारी सम्हालेका शिशिरले आर्यन सिग्देलको चचहुई, साम्रात्री राज्यलक्ष्मी शाहको तिमी सँगको पनि कोरियोग्रफी गरिसकेका छन् । फिल्ममा कोरियोग्राफीका अलावा म्यूजिक भिडियोमा पनि निर्देशन र कोरियोग्राफीलाई एकसाथ अगाडी बढाइरहेका निर्देशक खाती पछिल्लो समयका ब्यस्त म्यूजिक भिडियो निर्देशक पनि हुन् । शंकल भुजेलको छायांकन रहेको भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । भिडियो फ्ल्याग अन क्राफ्ट स्टुडियोबाट बजारमा आएको हो ।

हेर्नुहोस् भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *