आइतबार हालसम्मकै धेरै संक्रमित फेला, थप २७ जनाको मृत्यु, सक्रिय संक्रमित ४८ हजार

डिसी नेपाल
१९ वैशाख २०७८ १६:४२

काठमाडौं । आइतबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् । १६ हजार १४७ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार १३७ जनामा र ६२३ जनाको एन्टीजेन परिक्षण गर्दा ७४ जनामा गरी ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप २७ जनाको मृत्यु भएको छ ।

थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३२५ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म ६७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २५ लाख ४ हजार ४७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *