ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी पक्राउ

डिसी नेपाल
२० वैशाख २०७८ ६:३९
148
Shares

दमाैली । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैँटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। पक्राउ परेका गुरुङविरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

विसं २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङ विरुद्ध छ। सामान्य रूपमा भएको विवादको घटनामा रिसिइवी साँधेर ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गर्दा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजीकार्य तीव्र पारेको जनाएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *