नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रण

डिसी नेपाल
२० वैशाख २०७८ ६:४२

दमाैली । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने छ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ। ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न नदीमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले एक एक्साभेटर र पाँच ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो।

ऋषिङ गाउँपालिकाअन्तर्गत रहेको मादी नदी बगरमा बिना अनुमति बाटो बनाइरहेको अवस्थामा बा २ ख ६२४३ नम्बरको एक्साभेटरलाई नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको एक्साभेटरलाई ऋषिङ गाउँपालिकाको कार्यालय बुझाइएकामा रु २२ हजार ५०० जरिवाना भएको छ।

शुक्लागण्डकी–९ सुरौदीखोला नदी किनारबाट अवैधरूपमा गिट्टी बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ३०७० र ग १ त ३४२१ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई नगरपालिका बुझाइएकामा रु १२ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ।

त्यस्तै व्यास–५ चिन्तुटारस्थित मादी नदी किनारबाट अवैधरूपमा ढुङ्गा ओसारपसार गरिरहेको अवस्थामा ग १ त २६३४, ग १ त ३४७२ नम्बर र ग १ त ५०६३ नम्बरका ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि नगरपालिका बुझाइएकामा रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *