विश्वमा कोरोनाका संक्रमित १५ करोड बढी, भारतमा २ करोड नजिक

डिसी नेपाल
२० वैशाख २०७८ ६:४७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या २ करोड नजिक पुगेको छ। गत २४ घण्टामा थपिएका ३ लाख ७० हजार ५९ जनासहित भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ९९ लाख १९ हजार ७ सय १५ पुगेको हो। भारतमा हालसम्म १ करोड ६२ लाख ८१ हजार ३ सय ३८ जना निको भएका छन्।

गत २४ घण्टामा ज्यान गुमाउने ३ हजार ४ सय २२ जनसँगै भारतमा कोरोनाका कारण २ लाख १८ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ। हालसम्म ३४ लाख १९ हजार ३२ सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ९ सय ४४ जन गम्भिर अवस्थामा रहेको जनाइएको छ।

भारतपछि गत २४ घण्टामा ब्राजिलमा १ हजार २ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्। हालसम्म ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ७ हजार ७ सय ७५ पुगेको छ। पछिल्ला २४ घण्टामा ब्राजिलमा २८ हजार ९ सय बढी कोरोनाका संक्रमित थपिएका छन् योसँगै ब्राजिलममा कोरोना संक्रमित हुनेको संख्या १ करोड ४७ लाख ५४ हजार ९ सय १० पुगेको छ।

अमेरिकामा पनि गत २४ घण्टामा २९ हजार ६ सय ९९ जना कोरोनाका संक्रमित थपिएका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३१ लाख ७९ हजार ४ सय ३९ पुगेको छ। अमेरिकामा संसारकै सबैभन्दा बढी ५ लाख ९१ हजार ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

विश्वमा हालसम्म १५ करोड ३४ लाख ६९ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा विश्वभरी ६ लाख ६९ हजार ९ सय ९१ जना कोरोनाका संक्रमित थपिएका थिए। हालसम्म विश्वभरी १३ करोड १४ लाख ७३ हजार ८ सय ५९ जना निको भएका छन्।

विश्वभरमा कोरोनाका कारण ३२ लाख १५ हजार ६ सय ९२ जनाले ज्यान गुमाएका छन् भने, गत २४ घण्टामा ९ हजार ५ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *