‘कोभिड विरुद्ध तीब्र तयारी भएन भने अकल्पनीय संकट आउँछ’

तर्कबहादुर थापा
२० वैशाख २०७८ ९:०७

काठमाडौं। नेपालमा कोरोनाको दोस्रो लहर आएपछि संक्रमित हुने ग्राफ निकै उकालो लागेको छ। पहिलो लहरको संक्रमितको संख्याको उच्च विन्दुलाई क्रस गर्दै आइतबार मात्र ७ हजार बढी कोरोनाका संक्रमितहरु थपिए।

सरुवारोग विषशेज्ञ डा. शेरबहादुर पुन कोरोनाको डरलाग्दो आवस्थाको नजिक रहेको बताउँछन्। डिसी नेपालसँग कुरा गर्दैै डा. पुनले भने, ‘मैले धेरै पहिला नेपालमा कोरोनाको दोस्रो लहर आउँछ भनेर भने। कसैले पनि सुनेन्। आखिर आयो। अहिले पनि हामीले ख्याल नगरेको खण्डमा यो अवस्था डरलाग्दो हुने निश्चित छ।’

भारतमा कोरोनाका विभिन्न भेरियन्ट सक्रिय रहेको उनले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसअघि भारतमा यूके, दक्षिण अफ्रिकी, ब्राजिलियन, डबल म्यूमेन्ट र त्रिपल म्यूमेन्टसहितका भेरियन्टहरु भारतमा सक्रिय भएको जानकारी गराएको थियो। डा. पुनः नेपालमा पनि ति भेरियन्टहरु सक्रिय रहेको आशंका गर्छन्।

हामीले अस्पतालमा बेड प्रयाप्त छैनन् भन्ने कुरा मन्त्रालयबाट नै सुनि सकेका छौं। अब बेड छैन भन्दैमा कोरोनाको संक्रमण रोकिने त हैन। त्यसका लागि हामीले जतिसक्दो चाडोँ अक्सिजनको व्यवस्था हुने गरी ठूला पार्टी प्यालेस र खृुल्ला ठाउँलाई उपयोग गर्नु पर्छ। त्यहाँ अक्सिजन सेन्टरको निर्माण गर्नु पर्छ

डा. पुनले भने, ‘हामीले यूके भेरियन्ट र डबल म्यूटेन्ट भेरियन्ट नेपालमा प्रमाणित भएको कुरा सुनेका छौं। अझै पनि नेपाल र भारतको सिमाना बन्द गरिएको छैन। धेरै व्यक्तिहरु भारतबाट नेपाल आएका छन्। भारतमा भेटिएका भेरियन्टहरु नेपालमा छैनन् भन्न सकिन्छ र? शंका गर्न त पाइयो नि हैन र।’ भेरियन्ट छुट्याउने मेसिन भए पनि अहिलेसम्म सरकारले उपयोग गर्न सकेको छैन।

कोभिड संक्रमणको ग्राफ उकालो लागिरहेकोले अझै पनि खतरा रहेको डा. पुनको भनाइ छ। डा. पुन जतिसक्दो चाँडो कोरोनाको उकालो लागेको ग्राफलाई स्थिर गराउनु पर्ने सुझाव दिन्छन्।

यस्तै, जनस्वास्थ्य विद् डा. रवीन्द्र पाण्डे पनि नेपालमा कोरोनाको डरलाग्दो रुप देखिने बताउँछन्। डिसी नेपालसँगको कुराकानीमा डा. पाण्डेले भने, ‘हामीले बेलैमा तयारी गरेनौं भने अकल्पनीय क्षति ब्यहोर्नु पर्छ। त्यसका लागि सबै सचेत हुन आवश्यक छ। हामी सचेत नहुँदासम्म कसैल जादुको छडीबाट कोरोनाको महामारी रोक्न सक्नेवाला छैन।’

भारतमा फैलिएका विभिन्न भेरियन्ट नेपालमा पनि प्रवेश गरेको हुनसक्ने उनले बताए। खुल्ला सिमानाका कारण भारतबाट नेपाल आउने र जाने क्रम नरोकिएको भन्दै डा. पाण्डेले उनीहरुको कारण नेपालमा ठूलो मात्रामा संक्रमण फैलिएको बताए।

‘भूसको आगो जस्तै छ। बाहिर देखिएको भन्दा कैयौं गुणा ठूलो संक्रमणको दर समूदायमा छ,’डा. पाण्डले भने, ‘पछिल्लो समय आएका भेरियन्टहरुको संक्रमणद पहिलोको भन्दा झण्डै ७० प्रतिशत बढी रहेको छ। यो अनुसार नेपालमा दैनिक देखिएको संक्रमितको संख्याको ठूलो भाग चेकजाँच नगराइ बसेको छ।’

कसरी हुन्छ रोकथाम

कोरोनाको रोकथामका उपयामा सरुवारोग विषशेज्ञ डा. पुन र जनस्वास्थ्य विद् डा. पाण्डेको मत एउटै छ। उनीहरु दुबै जना कोरोनाको राकथाम गर्नका लागि सरकारले जतिसक्दो चाँडो खालीठाउँ, फिल्म हल, ठूला स्पेस भएका पार्टी प्यालेस लगाएतका ठाउँमा अक्सिजन सेन्टर बनाउन सझाव दिन्छन्।

डा. पुनले भने, ‘हामीले अस्पतालमा बेड प्रयाप्त छैनन् भन्ने कुरा मन्त्रालयबाट नै सुनि सकेका छौं। अब बेड छैन भन्दैमा कोरोनाको संक्रमण रोकिने त हैन। त्यसका लागि हामीले जतिसक्दो चाडोँ अक्सिजनको व्यवस्था हुने गरी ठूला पार्टी प्यालेस र खृुल्ला ठाउँलाई उपयोग गर्नु पर्छ। त्यहाँ अक्सिजन सेन्टरको निर्माण गर्नु पर्छ।’

डा.पाण्डेले पनि यो चीनको विषेशज्ञ टोलीले इटलीमा गएर कोरोनाको रोकथाम गर्न प्रयोग गरेका टुल्सहरुलाई प्रयोग गरी नेपालमा आउने अकल्पनीय संकटको व्यवस्थापन गर्न सकिने बताउँछन्। अक्सिजन सेन्टर, फिल्महलहरु, ठूला होटल, पार्टी प्यालेसहरुमा कोरोना विषेश अस्पतालहरुको निर्माण चाँडै गर्न सकेमा संकट व्यवस्थापन हुने उनको भनाइ छ।

नेपालमा कोरोनाको अवस्था

पछिल्लो समय नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४८ हजार नाघेको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित रहेका छन्।

आइतबार नै २७ जनाले ज्यान गुमाए भने हालसम्मकै उच्च संख्यामा कोरोनाका संक्रमित थपिएका छन्। मन्त्रालयको रिपोर्ट अनुसार ७ हजार २ सय ११  जना कोरोनाका संक्रमित आइतबार मात्र थपिएका हुन्।

नेपालमा संक्रमित थपिनेको दर बढ्दो क्रममा छ। मन्त्रालयको रिपोर्ट अनुसार शनिबार ५ हजार ७ सय ६३ जना कोरोनाका संक्रमित थपिएका थिए। यस्तै शुक्रबारको रिपोर्ट अनुसार ५ हजार ७ सय २७, विहीबार ४ हजार ९ सय २८, बुधबार ४ हजार ८ सय ९७, मंगलबार ४ हजार ५ सय २४ जना र सोमबार ३ हजार ५ सय ५६ जना कोरोनाका संक्रमित थपिएका थिए।

यसरी हेर्दा एक हप्ता पहिलाको तथ्यांक अनुसार अर्को हप्तामा दोबर भन्दा बढी कोरोनाका संक्रमित थपिएका छन्। गत सोमबार ३ हजार बढी संक्रमित थपिएका थिए भने हिजो आइतबार ७ हजार बढी संक्रमित थपिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *