जरायोको सक्कल सिङसहित भारतीय नागरिक पक्राउ
काठमाडौं। महानगरीय प्रहरी वृत्त सातदोबाटोले जरायोको सक्कल सिङ जस्तो देखिने बस्तुसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सोमबार दिउसो साढे १ बजे सातदोवाटो स्थित चेक जाँच गर्ने क्रममा संकास्पद समान सहित एक जना मानिसलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बा ४७ प ८३१ नं को मोटरसाईकलमा सवार भारतको बैसालीका ३० वर्षीया दिपक पोदार रहेका छन्।
प्रहरीले मोटरसाईकलको पछाडी सेतो बोरा भित्र जरायोको दुई थान काठको टाउको आकृति बनाई जरायोको सक्कल सिङ जस्तो देखिने जडान गरीएको समान फेला पारेको थियो।
उनलाई थप अनुसन्धान र कारवाहीको लागी समानसहित डिभिजन बन कार्यालय गोदावरी पठाइएको प्रहरीले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment