यो साता जल वाष्पयुक्त हावाको प्रभाव रहने
काठमाडौं। आगामी (४/५) दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकशित भएको र हुने सम्भावना रहेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सो प्रणालीका कारण देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा र १/२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यो सिजनमा मेघगर्जन/ चट्याङ/हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ।
जल वाष्पयुक्त हावा भनेको के हो ?
वरिष्ठ मैसमविद् प्रतिभा मानन्धरका अनुसार जल वाष्प युक्त हावा भन्नाले वायुमा बादल लाग्नु हो र आंशिक वर्षा हुनु हो। जल वाष्पयुक्त हावाको प्रभाव रहँदा आकाश बादलले ढाक्ने र घाम लाग्ने सम्भावना न्यून रहन्छ।
त्यसैले यो साता यो वायुको प्रभावका कारण देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदली रहि हल्का देखि मध्यम वर्षा र १÷२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment