एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण

डिसी नेपाल
२० वैशाख २०७८ १९:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष तथा ‘कोभिड १९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ ।

उनलाई कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो ।

एनआरएनएको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तरण, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि पन्त नेपाल भ्रमणमा छन् । पन्त अहिले होम आईसोलेसनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *