अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

डिसी नेपाल
२० वैशाख २०७८ २३:३५
2.1k
Shares

काठमाडौं। सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिाषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा तत्कालिन नेकपा सरकारले २०७६ असोजमा उनलाई अस्ट्रेलियाको राजदूत बनाएको थियो।

अहिले नेकपा खारेज भएर एमाले र माओवादी पुनःजीवित भएर सक्रिय छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन माओवादी केन्द्र निकट भएर नियुक्ती पाएकाहरुलाई धमाधम फिर्ता गरिरहेका छन्। यहीबीचमा अस्ट्रेलियाका लागि नेपाली राजदूत फिर्ता भएका हुन्।

सोमबारको मन्त्रिपरिषदले जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीलाई भने अर्को निर्णय नहुनेबेलासम्मका लागि यथावत राख्ने निर्णय गरेको छ।

राणा काँग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् र उनी राप्रपाको कोटामा राजदूत नियुक्त भएकी थिइन्। यस्तै पराजुली तत्कालिन मधेसी जनाधिकार फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष र हाल काँग्रेस उपसभापति रहेका विजयकुमार गच्छदारको कोटामा राजदूत भएकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *