कोरोनाविरुद्धको लडाईँमा नयाँदिल्ली सरकारले सेनाको सहयोग माग्यो

डिसी नेपाल
२१ वैशाख २०७८ ७:२३
184
Shares

काठमाडौं। कोरोना बढ्दो संक्रमणलाई थेक्न नसकेर दिल्ली सरकारले सेनासँग सहयोग मागेको छ। भारतको राजधानी समेत रहको नयाँदिल्ली पछिल्लो समय कोरोनाको इपिसेन्टर नै बनेको छ।

दिल्ली सरकारले रक्षामन्त्रालयलाई पठाएको पत्रमा कोभिड केयर सुविधा र आइसीयू यूनिट सञ्चालनका लागि सेनाको सहयोग मागिएको छ। कोरोना संक्रमणका बिरामीहरु बढेपछि भारतको राजधानी नयाँदिल्ली आईसीयू बेड र अक्सिजनको कमीसँग जुधिरहेको छ ।

करिव १ हप्तादेखि दैनिक ३ लाख बढी संक्रमित थपिने गरेको भारतमा नयाँदिल्लीबाट मात्र २० हजार बढी थपिदैँ आएका छन्। भारतीय मिडियामा आएको खबर अनुसार नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले अक्सिजन ढुवानीका लागि एकदमै धेरै सहयोग आवश्यक रहेको बताएका छन्।

‘अक्सिजन वितरणका लागि सेनासँग ट्रक छ भने मद्दत गरोस्।’ उपमुख्यमन्त्री सिसोदियाले भने, ‘रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ)सँग पाँच सय बेडको उपचार केन्द्र छ । यस्तै केन्द्र अरु भइदिए पनि सहयोग हुन्थ्यो।’

भारतमा कोरोनाको दोश्रो लहर चलेपछि दिल्ली सबैभन्दा बढी मारमा पर्ने राज्य बनेको छ। नयाँदिल्लीमा विरामीको लागि बेड र अक्सिजन कमी भएको खबर बारम्बार सञ्चार माध्यायममा आइरहन्छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *