माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
फाइल तस्वीर
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन आह्वान भएपछि माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।
आज तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा २७ गते बस्ने संसदको विषेश अधिवेशनका विषयमा छलफल हुने बताइएको छ।
‘काठमाडौंमा उपलब्ध स्थायी कमिटीको अनौपचारिक बैठक बोलाइएको छ,’स्थायी कमिटी सदस्य गणेश शाहले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने घोषणा गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment