भारतको सर्वोच्च अदालतले भन्यो – ‘अनलाइन पढाउँदा स्कुलको खर्च घट्यो, शुल्क पनि घटाउ’

डिसी नेपाल
२१ वैशाख २०७८ १४:४८

काठमाडौं। कोरोनाभाइरस महामारीले स्कुल बन्द छन् । स्कुल बन्द भएका बेला विद्यार्थीको पढाइ प्रभावित हुन नदिन अनलाइन कक्षा संचालन भइरहेका छन् । अनलाइन कक्षा संचालन भइरहेको अवस्थामा स्कुल संचालन गर्ने खर्च कम भएकोले विद्यालयले पनि विद्यार्थीबाट लिने शुल्क घटाउन भारतको सर्वोच्च अदालतले आदेश दिएको छ ।

भारतको राजस्थान राज्य सरकारले राज्यमा संचालित स्कुलहरुलाई ३० प्रतिशत शुल्क छुट दिन आदेश दिएको थियो । त्यसपछि राजस्थानका केही स्कुलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । स्कुलहरुले पूरै शुल्क लिनपाउनुपर्ने माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसला सुनाएको हो । न्यायाधीश एएम खानविलकर र न्यायाधीश दिनेश माहेश्वरीको इजलासले यस्तो आदेश दिएको हो ।

फैसलामा अदालतले भनेको छ ‘राज्य सरकारलाई यस्तो आदेश जारी गर्न अधिकार दिने कुनै कानुन छैन तर हामी पनि मान्छौं कि स्कुलहरुले शुल्क घटाउनु पर्छ ।’ अदालतले अगाडि भनेको छ ‘शैक्षिक संस्थानहरुको व्यवस्थापनले संवेदनशीलता देखाउनुपर्छ । मानिसहरु महामारीका कारण समस्याको सामना गरिरहेका छन् । स्कुलले बालबालिका र अभिभावकलाई राहत दिने कदम चाल्नुपर्छ ।’ अदालतले स्कुल परिसरमा विद्यार्थीलाई दिइने सुविधा अहिले विद्यार्थीलाई नदिइएको र यसबाट स्कुललाई फाइदा भइरहेकोमा जोड दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *