भारतको चिडियाखानाका ८ वटा सिंह कोरोना संक्रमित

डिसी नेपाल
२१ वैशाख २०७८ १५:५५

काठमाडौं। भारतमा चिडियाखानामा राखिएका ८ वटा सिंह कोरोना पोजेटिभ पाइएका छन् । यसलाई भारतमा यस किसिमको पहिलो केस मानिएको छ । नेहरु जुलोजिकल पार्कका भेटेरिनरियनहरुले त्यहाँ भएका सिंहमा भोकको कमी र खोकी लाग्ने जस्ता भाइरससँग सम्बन्धित लक्षण देखेपछि अधिकारीहरुले सिंहको कोभिड परीक्षण गराएका थिए ।

हैदराबादको यो चिडियाखाना प्रशासनले अप्रिल २९ मा यी सिंहको आरटी पिसिआर जाँच पोजेटिभ आएपछि सेन्टर फर सेलुलर एण्ड मोलिक्युलर बायोलोजीलाई यसबारे जानकारी दिएको थियो । टाइम्स अफ इण्डियाका अनुसार ४ भाले र ४ पोथी सिंह संक्रमित भएका हुन् । नेहरु जुलोजिकल पार्कका क्युरेटर तथा निर्देशक डा. सिद्धानन्द कुकृतिले भने आफूले रिपोर्ट नपाएको बताउँदै यो रिपोर्टको पुष्टि पनि गरेनन् र अस्वीकार पनि गरेनन् । डा. कुकृतिले भने ‘सिंहहरुमा कोभिडको लक्षण देखिएको सत्य हो तर मैले अहिलेसम्म आरटी पिसिआर रिपोर्ट पाएको छैन त्यसैले अहिले प्रतिक्रिया दिनु उचित हुँदैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *