भारतको चिडियाखानाका ८ वटा सिंह कोरोना संक्रमित
काठमाडौं। भारतमा चिडियाखानामा राखिएका ८ वटा सिंह कोरोना पोजेटिभ पाइएका छन् । यसलाई भारतमा यस किसिमको पहिलो केस मानिएको छ । नेहरु जुलोजिकल पार्कका भेटेरिनरियनहरुले त्यहाँ भएका सिंहमा भोकको कमी र खोकी लाग्ने जस्ता भाइरससँग सम्बन्धित लक्षण देखेपछि अधिकारीहरुले सिंहको कोभिड परीक्षण गराएका थिए ।
हैदराबादको यो चिडियाखाना प्रशासनले अप्रिल २९ मा यी सिंहको आरटी पिसिआर जाँच पोजेटिभ आएपछि सेन्टर फर सेलुलर एण्ड मोलिक्युलर बायोलोजीलाई यसबारे जानकारी दिएको थियो । टाइम्स अफ इण्डियाका अनुसार ४ भाले र ४ पोथी सिंह संक्रमित भएका हुन् । नेहरु जुलोजिकल पार्कका क्युरेटर तथा निर्देशक डा. सिद्धानन्द कुकृतिले भने आफूले रिपोर्ट नपाएको बताउँदै यो रिपोर्टको पुष्टि पनि गरेनन् र अस्वीकार पनि गरेनन् । डा. कुकृतिले भने ‘सिंहहरुमा कोभिडको लक्षण देखिएको सत्य हो तर मैले अहिलेसम्म आरटी पिसिआर रिपोर्ट पाएको छैन त्यसैले अहिले प्रतिक्रिया दिनु उचित हुँदैन ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment