दुध सेवनमा जोड दिन डेरी एशोसियसनको अपिल

डिसी नेपाल
२१ वैशाख २०७८ १७:२७

काठमाडौं। नेपाल डेरी एशोसियसनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आम जनतालाई दुध सेवनका लागि सार्वजनिक अपिल गरेको छ। एशोसियको मंगलबार जुम मार्फत भएको बैठकमा कोभिड १९ विरुद्धको लडाइमा रोग प्रतिरोधात्मक क्षमता बढाउन अति आवश्यक भएको र त्यो दुध सेवनबाट सम्भव हुने भन्दै मानिसहरुलाई दुध सेवनमा जोड दिन अनुरोध गरेको हो।

बैठकले दैनिक रुपमा गर्नुपर्ने दूध संकलन, प्रशोधन, ढुवानी एवं बजारीकरणका समयमा सबै सुरक्षित रही दुध आपूर्तिमा सहज रुपमा गर्न आग्रह गरेको छ।

दूध अतिआवश्यक बस्तु भएको भन्दै बैठकले समयमा गन्तव्यमा पुर्याउन नसक्दा खेर जाने हुँदा ढुवानीको समयमा कुनै पनि अवरोध नगर्न सरकारसँग माग गरेको छ। दुध धेरै दिन भण्डार गरेर राख्न समस्या हुने भन्दै एशोसियसनले धुलो दुध, बटर गत सालकै  स्टक भएकोले अहिले देशैभर दैनिक ६० प्रतिशत बजार घटेको निष्र्कष निकालेको छ। एशोसियसनले डेरी उद्योगमा ३ अर्बको लगानी रहेको भन्दै व्यवसायीका लागि राहतका प्याकेज ल्याउन अनुरोध समेत गरेको छ।

यस्तै बैठकले देशका अधिकांश ठाउँमा भाइरसको जोखिम बढ्दै गएकाले उच्च सर्तकता अपनाउन, खानपानमा विशेष ध्यान दिन र स्वस्थ्य मापण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *