दीपिका पादुकोण कोरोना संक्रमित

डिसी नेपाल
२१ वैशाख २०७८ २०:१६
372
Shares

मुम्बई (एजेन्सी)। बलिउड अभिनेत्री दीपिका पादुकोण कोरोना संक्रमित भएकी छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार मंगलबार उनी संक्रमित भएको पुष्टि भएको हो। दीपिका संक्रमित हुनुअघि उनका बाबु पनि संक्रमित भएका थिए। बाबु प्रकाश, आमा उज्जवला र बहिनी पनि संक्रमित भएको बताइएको छ। दीपिका हाल बेंगलरुमा क्वारेन्टिनमा रहेको जनाइएको छ।

भारतमा कोरोना महामारीले भयाभव रुप लिइरहेको छ। भीआईपी र सेलिब्रेटीहरु पनि धमाधम संक्रमित भइरहेका छन्। यसअघि करिना कपूरका बाबु रणधीर कपूर पनि संक्रमित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *