आफ्नो पछि लागेका दुई युवकको लडाइँमा निर्दोष युवतीले अनाहकमा ज्यान गुमाइन्

डिसी नेपाल
२२ वैशाख २०७८ १३:४९

काठमाडौं। कुनै पनि युवतीसँग बिहे गर्नको लागि एक भन्दा धेरै युवकले चाहना राख्नु स्वभाविक नै हो । यसरी बिहे गर्न चाहनेमध्ये युवतीले कुनै एक युवक रोजेर बिहे गर्न सक्छिन् । त्यस्तोमा अरुले चित्त बुझाउँछन् । तर, पाकिस्तानमा एक युवतीसँग बिहे गर्नको लागि दुई जना युवक पछि लागे । ती दुई युवकको झगडामा निर्दोष युवतीले ज्यान गुमाउनु परेको छ ।

यी बेलायती युवतीको पाकिस्तानमा हत्या भएको हो । डनको रिपोर्टका अनुसार यी युवतीसँग दुई जना युवकले बिहे गर्न चाहन्थे । तर, यी युवतीले भने ती दुवैसँग बिहे गर्न चाहँदैनथिन् । २६ वर्षकी माहिर जुल्फिकरको लाहोरस्थित अपार्टमेन्टमा शव भेटिएको हो । मायराले बेलायतको युनिभर्सिटी अफ वेस्ट लण्डनबाट कानुनको अध्ययन गरेकी थिइन् । त्यसपछि उनले ल फर्म डंकन ब्लेकेटमा काम पाएकी थिइन् । उनी २ महिना पहिले पाकिस्तान आएकी थिइन् ।

इन्डिपेन्डेन्ट उर्दुका अनुसार मायराका काका मोहम्मद नजीरले यस विषयमा पुलिसमा उजुरी दर्ता गराएका छन् । उनले जाहिर जदुन र साद अमिर बट नामका दुई युवकमाथि हत्याको आरोप लगाएका छन् ।नजीरका अनुसार यी दुई युवाले विगत केही समयदेखि मायरालाई सताइरहेका थिए र उनलाई परिणाम भोग्नुपर्ने धम्की दिइरहेका थिए । मायराको शवमा चोट पनि भेटिएको छ र उनको हत्या धाँटी थिचेर अनि गोली हानेर भएको आशंका छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *