अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्काउने सेनाको तयारी
काठमाडौं। नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने भन्दै तयार रहन निर्देशन दिएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको विशेष बैठकले २०७२ सालपछाडि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सकिने निर्णय गरेको हो ।
पछिल्लो समय कोरोना संक्रमित संख्या अत्यधिक वृद्धि हुन थालेपछि सेनाको जिम्मेवारीसमेत बढेको छ । सेनाले सातै प्रदेशका पृतना मातहत र उपत्यका पृतनाबाट संक्रमितको उपचार गर्न भन्दै अस्थायी अस्पताल योजनासमेत बनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment