क्यानडामा फाइजरको खोप १२ देखि १५ वर्षका बालबालिकाको लागि पनि स्वीकृत

डिसी नेपाल
२३ वैशाख २०७८ ९:५४

काठमाडौं। क्यानडाले फाइजरको कोभिड–१९ भ्याक्सिन १२ देखि १५ वर्षका बालबालिकालाई पनि लगाउन हुने गरी स्कीकृति दिएको छ । यो उमेर समूहका लागि कोभिड–१९ खोप स्वीकृत गर्ने क्यानडा पहिलो देश बनेको छ । यो उमेर समूहका बालबालिकामा गरिएको फेज–३ क्लिनकिल ट्रायलको नतिजाका आधारमा क्यानडाको स्वास्थ्य मन्त्रालयले यो निर्णय गरेको बीबीसीले जनाएको छ

‘विभागले यो भ्याक्सिन कम उमेर समूहमा प्रयोग गरिँदा सुरक्षित र प्रभावकारी भएको सुनिश्चित गरेको छ’ मन्त्रालयका एक सल्लाहकारले भने । फाइजरले पनि यो उमेर समूहमा भ्याक्सिनले राम्रो काम गरेको बताएको छ । क्यानडाले १६ वर्षभन्दा माथिको उमेर समूहको लागि फाइजरको भ्याक्सिन यसअघि नै स्वीकृत गरिसकेको छ । क्यानडामा कोरोनाभाइरस संक्रमण सबैभन्दा धेरै भएको अल्बर्टा राज्यले सोमबारदेखि १२ वर्षभन्दा माथिकालाई भ्याक्सिन दिन सुरु गर्ने बताएको छ । क्यानडामा १२ लाखभन्दा धेरै कोरोनाभाइरस संक्रमणका केसहरु रेकर्ड गरिएका छन् जसमध्ये करिब २० प्रतिशत संक्रमितहरु १९ वर्षमुनिका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *