मलेसियाले नेपालीको यात्रालाई लगायो प्रतिबन्ध

डिसी नेपाल
२३ वैशाख २०७८ ११:३१

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएपछि भारतसँगको हवाई उडान अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको केहि दिनमै मलेसियाले नेपालसहित दक्षिण एसियाका चार मुलुकका नागरिकको यात्रालाई प्रतिबन्ध लगाएको छ ।

मलेसियाले नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तानका नागरिकहरुलाई आफ्नो देशको भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएपछि गत अप्रिल २८ देखि मलेसियाले अस्थायी रुपमा भारतसँगको सबै प्रकारका हवाई उडानमाथि प्रतिबन्ध लगाएको छ । हवाई उडान मात्र नभई समुन्द्री मार्गका साथै भारतका कामदारहरु माथि समेत मलेसियाले अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ ।

मलेसियाको सञ्चार माध्यम द स्टारका अनुसार कोभिडको नयाँ भेरियन्टबाट आफ्ना नागरिक बचाउन भन्दै उक्त निर्णय गरिएको मलेसियाका वरिष्ठ मन्त्री स्माईल सावरी याकुबले बताएका छन् । तर, प्रतिबन्धको मिति र समय भने स्पष्ट नगरिएको द स्टार जनाएको छ ।

मलेसियाले प्रतिबन्ध अस्थायी निर्णय भएको बताएको छ । भियना कन्भेन्सन अन्तर्गत कुटनैतिक व्यक्तिहरूलाई भने प्रतिबन्ध नलाग्ने मलेसियाको दि स्टार अनलाइनले जनाएको छ । दुई दिनअघि मलेसियाको छिमेकी सिंगापुरले पनि नेपालीलाई दिँदै आएको अनअराईभल भिसा रोकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *