मेलिन्डासँग विवाह गर्ने बेला बिल गेट्सले पूर्व गर्लफ्रेण्डका विषयमा राखेका थिए विचित्र शर्त

डिसी नेपाल
२३ वैशाख २०७८ १३:१६

काठमाडौं। विवाहको २७ वर्षपछि अर्बपति बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गर्ने घोषणा गरेसँगै यो विषय अहिले विश्वभरी चर्चामा छ । माइक्रोसफ्टका संस्थापक बिलले मेन्डिासँग विवाह गर्नुभन्दा अगाडिकी उनकी गर्लफ्रेण्ड अहिले चर्चामा छिन् । उनको नाम एन विनब्लेड हो । अहिले बिलले मेलिन्डासँग विवाह गर्नुपूर्व आफ्नी यी पूर्व प्रेमिकाको विषयमा गरेको एउटा सम्झौताको कुरा निकै चर्चामा छ ।

बिल गेट्सले विवाहपूर्व गर्लफ्रेण्डका विषयमा मेलिन्डासँग निकै विचित्र सम्झौता गरेका थिए । इन्डिपेन्डेन्टका अनुसार बिलले मेलिन्डासँग विवाह गर्दा आफू सप्ताहान्तमा आफ्नी गर्लफ्रेण्डसँग विदामा घुम्न जान पाउनुपर्ने शर्त राखेका थिए । यसरी घुम्न जान पाउने गरी बिल र मेलिन्डाबीच सम्झौता पनि भएको थियो । बिलले मेलिन्डालाई विवाहको प्रस्ताव गर्नुभन्दा पहिले पनि गर्लफ्रेण्डको मन्जुरी दिएका थिए । १९९७ मा टाइम म्यागजिनलाई दिएको एक अन्तरवार्तामा बिलले यो कुराको खुलासा गरेका थिए ।

अन्तरवार्तामा बिलले भनेका थिए ‘जब म मेलिन्डासँग विवाह गर्ने बारे सोचिरहेको थिएँमैले सबैभन्दा पहिले विनब्लेडलाई फोन गरें र उनको मन्जुरी लिएँ । उनले पनि मलाई यसको लागि अनुमति दिइन् । विनब्लेड एक सफ्टवेयर एक्सपर्ट थिइन् र बिलभन्दा ५ वर्ष जेठी थिइन् । २००५ मा क्रोनिकल अखबारलाई दिएको अन्तरवार्तामा विनब्लेडले भनेकी थिइन् ‘जब मैले बिललाई डेट गर्न थालेकी थिएँ त्यतिबेला उनी ठूलो मान्छे थिएनन् । एक समय यस्तो पनि थियो जतिबेला मेरो आर्थिक स्थिति उनको भन्दा राम्रो थियो । तर, यस्तो स्थिति निकै कम समयको लागि रह्यो र यो मेरो लागि स्मरणीय भयो ।’

१९८७ मा विनब्लेड र बिलको ब्रेकअप भएको थियो । तर यसपछि पनि वर्षमा एकपटक भेट्ने उनीहरुको सिलसिला जारी रह्यो । पछि विनब्लेडले एलेक्स क्लाइन नामका व्यक्तिसँग विवाह गरिन् । बिल र मेलिन्डाले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गर्दा जो कोही आश्चर्यमा परेका छन् । मेलिन्डाका अनुसार बिलले आफ्नो पारिवारिक जीवन र करिअरमा सन्तुलन मिलाउन सकिरहेका थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *