श्रम स्वीकृति दिन स्थगित, अनलाइनबाट दिइने पुनःश्रम स्वीकृति यथावत

डिसी नेपाल
२३ वैशाख २०७८ १६:०६

काठमाडौं । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भई लिइने पुनःश्रम स्वीकृति दिन स्थगित गरेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

वैदेशिक रोजगार विभागको निर्देशन अनुसार निषेधाज्ञा नखुलेसम्म वा विभागबाट थप निर्देशन प्राप्त नभएसम्मका लागि उक्त सेवाहरु यही बैशाख २४ गतेसम्म अर्थात् अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको कार्यालयले जनाएको छ ।

तर, कार्यालयले अनलाइनमार्फत पुनःश्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता सीमित सेवा प्रवाहका कामलाई निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *