दिनदिनै जाँच गराउँदा १० पटकसम्म कोभिड नेगेटिभ रिपोर्ट आयो तर …

डिसी नेपाल
२३ वैशाख २०७८ १६:२२

काठमाडौं। कोरोनाभाइरस भ्याक्सिन आइसकेपछि पनि यो महामारीसँग सम्बन्धित केही जटिक केसहरु सार्वजनिक भइरहेका छन् । यस्तै एउटा केस बेलायतमा भेटिएको छ ।यहाँ ५५ वर्षकी एक महिला लगातार कोरोना टेस्ट गराइरहेकी थिइन् । १० पटकसम्म उनको रिपोर्ट नेगेटिभ आयो । तर, यति हुँदाहुँदै पनि ती महिलाको कोरोनाभाइरसकै कारण मृत्यु भयो ।

स्टक सेन्टिनलका अनुसार ५५ वर्षकी डेब्रा शा हर्नियाको अपरेसनको लागि रोयल स्टक युनिभर्सिटीअस्पतालमा थिइन् । उनी यो अपरेसनपछि राम्रो तरिकाले स्वास्थ्यलाभ गरिरहेकी थिइन् । तर, उनलाई अचानक सास फेर्न समस्या भयो र उनी कोमामा पुगिन् । अन्ततः अपरेसनको २ हप्तापछि यी महिलाको निधन भयो । डेब्रालाई कोभिड फ्रि वार्डमा राखिएको थियो र अस्पतालले उनको परिवारलाई पनि अन्तिम समयमा बोलाएको थियो । मृत्युको कारणबारे जाँच गर्दा डेब्राको मृत्यु कोरोनाभाइरसबाट भएको खसलासा भयो ।

यो सुनेर परिवारका सदस्य चकित परे । उनीहरु जान्न चाहन्थे कि यदि डेब्रालाई कोभिड थियो भने उनलाई कोभिड फ्रि वार्डमा किन राखिएको थियो । यी महिलाका छोरा क्रिसका अनुसार उनकी आमालाई सास फेर्न समस्या हुन थालेपछि उनको दैनिक कोरोना परीक्षण भएको थियो । हरेक दिन उनको नतिजा नेगेटिभ आइरहेको थियो । उनकी आमाको फोक्सोको पनि नमूना लिइएको थियो र यसमा पनि कोरोना भएको कुनै प्रमाण थिएन ।

क्रिसका अनुसार लगातार नेगेटिभ रिपोर्ट आइरहेको बेला उनकी आमाको मृत्यु प्रमाणपत्र देखेर उनीहरु चकित परेका थिए किनकि मृत्यु प्रमाणपत्रमा उनकी आमाको मृत्यु कोरोनाभाइरसका कारण भएको लेखिएको थियो । अस्पतालले पहिले उनीहरुलाई उनकी आमालाई कोरोना नभइ निमोनिया भएको बताइरहेको थियो । यही कारण परिवारका सदस्यलाई पनि कुनै पीपीइ किटबिना डेब्रासँग भेट्न दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *