कोरोना विरुद्धको खोप रोक्नेलाई कारबाही गर्न राप्रपा अध्यक्ष थापाको माग
फाइल तस्बीर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कमिसनको खेलमा कोरोना खोप रोकिनु दुर्भाग्यपुर्ण भन्दै उक्त गलत कार्यमा संलग्नहरुलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।
कोरोना महामारीबाट अकालमा जनताले ज्यान गुमाउनु परिरहेको बेला कमिसन विवादमा खोप रोकिएको र उक्त कमिसनमा राजनीतिक नेतृत्वले आाफ्नो भाग खोजेकोका कारण खोप आयात रोकिनु दुर्भाग्यपुर्ण भन्दै त्यस कार्यमा संलग्नलाई कारबाहीको माग गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना महामारीबाट अकालमा जनताले ज्यान गुमाउनु परिरहेको बेला कमिशन विवादले खोप ल्याउने कार्य अवरुद्ध हुनु दुर्भाग्य हो।व्यापारीले कमिसन मागेर मात्र होईन, त्यो कमिसनमा राजनीतिक नेतृत्वले आफ्नो पनि भाग खोजेको हुँदा खोप नआएको चर्चा छ।अपराधीलाई कार्वाही गर्ने आँट गर्नुहोस्।’ नेपालमा खोप आयात रोकिनुमा प्रतिष्ठित व्यावसायीहरु सुरज वैद्य र विजय दुगडका साथै स्वास्थ्यमन्त्रीका बीच कसिमनको विवाद मुख्य कारक रहेको चर्चा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment