राष्ट्रियसभा उपनिर्वाचनः माधव समूह निर्णायक

डिसी नेपाल
२४ वैशाख २०७८ १८:१६

काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको रिक्त एक सिटका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ। एमाले, नेमकिपा र स्वतन्त्र गरी तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट गृहमन्त्रीसमेत रहेका राबहादुर थापा बादल, नेमकिपाबाट काभ्रेका कृष्णबहादुर तामाङ र डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। स्वतन्त्र उम्मेदवार देवकोटालाई काँग्रेस र माओवादीको समर्थन् छ।

२०७४ मा एमाले–माओवादी गठबन्धनको सहयोगमा तत्कालिन माओवादी केन्द्रबाट रामबहादुर थापा बादल निर्वाचित भएको अन्य समूहको राष्ट्रिय सभाको सिट उनले दल त्याग गरेपछि रिक्त भएको थियो। सो रिक्त पदमा बादल पुनः उम्मेदवार बनेका हुन्।

अहिलेको सोझो हिसाबले बादलले जित्ने पक्का जस्तै हो। तर, विषय त्यति सोझो भने छैन। यो चुनावमा बादल र स्वतन्त्र उम्मेदवार देवकोटाबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ। देवकोटा पनि एमालकै नेता हुन् तर, माधव समूहका। त्यसैले यो उपनिर्वाचनलाई एमाले एमालेबीचको प्रतिष्पर्धासमेत भनिएको छ।

राािष्ट्रय सभाको निर्वाचनमा प्रदेशसभाका सदस्य तथा स्थायनीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्। त्यसैले गोप्य मतदान हुने भए पनि चुनाव अघि नै यो उम्मेदवारले जित्न सक्छ भन्ने सहज अनुमान गर्न सकिन्छ। तर, यो पटक भने त्यसरी अनुमान गर्न कठिन भएको छ। कारण हो – एमालेको माधव नेपाल समूह। आफ्नै समूहबाट उम्मेदवार भएकाले सो समूहका मतदाताले एमालेलाई मतदान गर्छन् कि स्वतन्त्र उम्मेदवारलाई ? यो प्रश्नको उत्तर अहिलेसम्म दिइएको छैन।

यस्तो छ गणित

११० सदस्यीय प्रदेशसभामा एमालेका ५७ जना छन्। ती मध्ये ओली समूहमा ३२ र माधव नेपाल समूहमा २२ जना रहेको बताइन्छ। मतदानका दिनसम्म यो संख्यामा परिवर्तन आउन सक्छ।

स्थानीय तहका २३८ मतदातामध्ये एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन्।

मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६८८ र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०८२ मत भार छ।

काँग्रेस र माओवादी केन्द्र र जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन्। जसको मतभार २५९२ हुन्छ। विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन्, यसको मतभार १८९० हुन आउँछ। यसरी विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार छ।

माधव समूह निर्णायक

सिंगो एमाले हुँदा बालद बलियो उम्मेदवार भए पनि माधव समूहका नेता काँग्रेस, माओवादी र जसपाको समर्थनमा उम्मेदवार बनेकाले उनले माधव समूहको मत प्राप्त गर्नेछन्। प्रदेश सभाका २२ सांसदको मत देवकोटाको पक्षमा गए उनी नै विजयी हुनेछन्। त्यसैले यो चुनावमा माधव समूह निर्णायक देखिएको छ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच विवाद समाधानका लागि तारन्तार छलफल चलिरहेको छ। सहमति नजिक पुगेको पनि बताइएको छ।

तर, अझै पनि स्पष्ट रुपमा सहमित भएको छैन। त्यसैले माधव समूहले के निर्णय गर्छ ? जेठ ६ को उपनिर्वाचनको नतिजा पनि त्यसैमा भर पर्छ। यदि ओली र माधवबीच सहमति भएमा एकजनाको उम्मेदवारी फिर्तासमेत हुनसक्ने चर्चा छ। तर, डा. देवकोटाले एमाले मिले पनि आफूले उम्मेदवारी फिर्ता नलिने बताइसकेका छन्। उता बादलले भने आफ्नो जित निश्चित भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *