चिनियाँ खोपलाई डब्ल्यूएचओको अनुमति

डिसी नेपाल
२४ वैशाख २०७८ २२:४९
1.0k
Shares

काठमाडौं (एजेन्सी)। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्माले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन उपयोगका लागि अनुमति दिएको छ। डब्ल्यूएचओबाट यसरी अनुमति पाउने सिनोफार्माको खोप छैटौं हो। यसअघि अन्य पाँच खोपले यसप्रकारको अनुमति पाइसकेका छन्।

डब्ल्यूएचओका प्रमुख डा.टेड्रोस अधानोम घेब्रेयससले शुक्रबा। जेनेभामा एक प्रेस ब्रिफिंगका क्रममा चिनियाँ खोपलाई अनुमति दिइएको जानकारी दिए। उनले चिनियाँ खोप पूर्ण सुरक्षित र प्रभावकारी रहेकोसमेत बताए।

उनले चिनियाँ खोप कोभ्याक्स अन्तर्गत खरिद गर्न सकिने अर्को खोप भएको जानकारी दिए। सँयुक्त राष्ट्रसंघले विभिन्न देशहरुलाई निःशुल्क समानुपातिक रुपमा खोप वितरण गर्न कोभ्याक्स कार्यक्रम ल्याएको छ। कोभ्याक्स कार्यक्रमअनुसार नेपालमा पनि पहिलो चरणमा खोप प्राप्त भइसकेको छ।

डब्ल्यूएचओले चिनियाँ सिनोफार्माको खोप १८ वर्षमाथि उमेरका मानिसहरुलाई दुई डोज दिनुपर्ने बताए। यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन र मडेर्नाको खोपलाई आपतकालीन उपयोगका लागि अनुमति दिइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *