व्यंग्य : पिपलको जरा काँशी पुगेको हुन्छ

डिसी नेपाल
२५ वैशाख २०७८ ९:४३

सबैतिर काम कुरा मैलिएको हुनाले कोरोनाको दोश्रो लहर फैलिएको ठहर गर्ने व्ईक्तित्वहरुले ईही मेसोमा आफ्नो दुनो सोझ्ईाउने रहर गरेको सबैले राम्ररी बुझिसकेका छन्।

पहिलो लहर केही मत्थर भएको बेलामा कुर्सीको लागि एकथरीले पत्थर सरहको आन्दोलन गरेर र अर्को थरीले त्ईस्ता आन्दोलनलार्ई बकबास बाहेक केही होईन भन्नेमा ढुक्क परेर एकअर्का बिरुद्ध जानेसम्मको बिष बमन गरेर धेरै अघिदेखि देखाउन नसकेको रिस पोखेरपनि दुबैथरीलार्ई चित्त बुझेको देखिएन।

कुर्सीको जल्दोबल्दो सवाल आएपछि हामी यहाँ छौँ भन्ने एकपाने चिर्कटो छातीमा टाँसेर सडकमा पलेंटी कस्न र घण्टौंसम्म धर्ना बस्न सक्ने वरिष्ठ नेताहरु कोरोनाको दोश्रो लहर आउँदा र जनताले दुख पाउँदा पनि उही आफ्नै कुर्सीको धुनमा लागिरहेको अनि यसैको लागि मात्रै जागिरहेको र जनताको उपचारको बिषईबाट भने टाढा भागिरहेको देख्दा नेताहरु कसको लागि राजनीति गर्ने रहेछन् भन्ने छर्लंग भएको छ।

एकथरीले अर्को बसिरहेको कुर्सी हत्याउनु छ अनि एकथरीले त्ईसलार्ई लत्ईाउनु छ र दुवैथरीको कुर्सी तर्कलार्ई जनताले चाहिँ एकैचोटी पत्याउनु छ। कोरोना पीडित जनतालार्ई अक्सिजनको व्यवस्था गर्ने कि भेन्लिेटरमा पुगेर घिटिघिटी अबस्थामा पुग्न लागेको कुर्सीलार्ई अक्सिजन दिएर जोगाउने बडा दोधारको परिस्थिति आइपरेको छ।

पाइला पाइलामा कमिशन खाने र त्यसको ठूलो हिस्सा माथिसम्म जाने परिपाटीबाटै सबैजना चलेका र यसैबाट फूले फलेकाहरुको जगजगीमा यति भएर पनि समयमा उपचार सामग्री प्राप्त भएमा पनि असल जनताले ठूलो उपलब्धि मानी दिन पर्छ र यसलार्ई ज्यादै सकारात्मक रुपमा जानी दिन पर्छ।

आफ्नो जिम्मेवारी अनुसार जनता बचाउन लागौँ भने कुर्सी सदाको लागि हातबाट फुस्केला भन्ने डर। कुर्सी मात्रै बचाउनतिर लागौँ भने जनता हातबाट फुस्केर चुनावमा लात खाएर पुरानै जातमा फर्किएला र यत्रा वर्षसम्म जालझेल गरेर खाएको खुराकी मर्किएला अनि बिरोधीहरुको पेलान झन् चर्किएला भन्ने पिर। यसो गरेपनि सुख छैन उसो गरेपनि सुख छैन।

पोहोर सालको पहिलो लहरमा माथिदेखि स्थानीय तहसम्म लागेर र सेवाभावले जागेर अनि दायाँबायाँबाट मागेर भएपनि व्यापक तयारीका साथ जनतालार्ई राहत पुर्र्याइएकोलार्ई सराहना गर्नैपर्छ।

सरकार र पार्टीहरु भित्र जतिनै फुट भएपनि बाहिर एकजुट भएरै कोरोना बिरुद्ध काम भएको थियो। कोरोनाकै बीच सत्तामा रहेको पार्टी भित्रकै नेताहरुको कयााकलाप, एकलौटी तानाशाही थोपर्ने र आफ्ना भित्रियाहरुबाट राष्ट्रिय ढुकुटी कोपर्ने सरकार प्रधानका गतिबिधि, प्रतिपक्षी दल र नेताहरुको अकर्मण्यता भनिएको अबस्था हो कि सरकारद्वारा चुप लागेर बस्नको लागि आवधिक रुपमा गनिएको नगदको कारणले बोल्ती बन्द भएको अबस्था हो जनताले खासै बुझ्न सकेनन्।

यस्तै सक्षम महानुभावलार्ई भोट हालेपछि चोट बाहेक अरु केही हात नलाग्ने रहेछ भनेर बुझेपछि खोट केलार्ई राख्ने र दिमाग खेलार्ई राख्ने काम गरेर कुनै फाइदा छैन। कोरोनाबाट आक्रान्त जनतालार्ई राहत दिनुभन्दा आफ्नो कुर्सी बचाउने र कुर्सीमा बसिरहेकाबाट कुर्सी हत्याउने खेलमा लागेर आफैंले जारी गरेका आदेश निर्देशनहरुलार्ई आफैंले लत्याउने काम महिनौँसम्म कायम राखेर आमसभा,जुलस, विरोध, शक्ति प्रदर्शन, भेला, बैठक, धार्मिक अनुष्ठान, भोज भतेर, उद्घाटन आदिबाटै कारोनालार्ई फैलन मलजल गरेर सारै ठूलो योगदान पुर्याएको पाइयो। यसमा कोहीभन्दा कोही कम छैन।

सबैले आआफ्नो तर्फबाट कोरोना फैलाउन सक्दो सहयोग गरेको कारणले यो रोग यसरी सरेको भन्नेलार्ई त के भन्न सकिन्छ र? जनताको ओखती मुलो गर्नतिर लाग्नुभन्दा एक अर्कालार्ई धुलो बनाउने उपायको बारेमा मात्रै ध्यान दिँदा अनाहकमा धेरै जनताको ज्यान गइसकेको अझ धेरैको जाने सम्भावना भइसकेको अवस्थामा कुर्सी खोसाखोसको खेलमामात्रै लाग्दा जनताको सरापले सबैथोक धरापमा पर्यो भने रोइकरार्ई गरेर छिमेकी र पश्चिमी पराइको सहयोगमा सबैलार्ई हरार्ई दिने व्यवस्था गरेपछि त्यहाँका सबैजना डराइ हाल्छन् अनि जनताले पनि सोही अनुसार कदम चाल्छन् भन्ने सोचाइ एकदम सही नहुन पनि सक्ला कि?

गफ, चुट्किला, हँस्यौली, ठट्यौली, उखान टुक्का,गाउँखाने कथा, आश्वासन, घोचपेच,क्यारिकेचर आदि गरेर संविधानलार्ई आपूmलार्ई मन लागे अनुसार ब्याख्या गर्दै राष्ट्र प्रधानको अन्ध समर्थनमा प्रयोग गर्दै र त्यसैको आधारमा आफूखुसी चर्दै अनि देखावटी रुपमा सारै लोकतान्त्रिक तरिकाले अघि सर्दै गएपनि सबैतिर विश्वशनियता झर्दै गएपछि र केही शिप नलागेर विश्वासको मत लिन पर्ने भएपछि त्यसको घोषणा भयो।

विश्वासको मत लिन तोकिएको मिति पनि पहिले चुनावको लागि ठोकिएको र संसद बिघटन गर्न मिल्दैन भनेर अदालतद्वारा रोकिएको मितिलार्ई नै छानेर त्यस दिन जे को भएपनि चुनाव गराउने इच्छापूर्ति गर्न खोजेको हुनाले त्यो दिन रोजेको हुनसक्छ। असंवैधानिक काम गरेर त्यसको पक्षमा बोलेको र तानाशाही शासनको खाता खोलेको दिनमा घोषणा गरेको कुरा त जसरी पनि पुरा गर्नै पर्यो।

बिरामीलार्ई अस्पताल लैजान एम्बुलेन्स, अस्पतालमा बेड, अक्सिजन,आईसियू,औषधि आदि नपाएर बिरामीले अस्पतालहरु चहार्दा चहार्दै ज्यान गुमाएको र दिनदिनै मृतकको संख्याले नयाँ नयाँ रेकर्ड बनाउँदै अनि यी संख्या अझ बढ्न सक्ने जनाउँदै आएपनि सरकारलार्ई आफ्नो कुर्सीभन्दा अर्को विषयमा त्यति ध्यान भएजस्तो देखिन्न। यो त स्वाभाविक नै हो।

उसो त विश्वासको मत लिइराख्न पनि किन पर्यो र? घोषणा भईहाल्यो र मत लिन खोजेको कुरा जनतामा गर्ईहाल्यो। अहिलेसम्म सबैको बिश्वास छँदैछ। कसैले अविश्वास नगरेको अवस्थामा मत लिएर र नचाहिँदो कुरामा ध्यान दिएर हिँड्ने समय कोभिड उपचारमा लगाएमा जनताले स्याबासी देलान्।

अहिलेसम्म बोलेका कुनैपनि काम भएजस्तो नलागेको समयमा यी पनि बोल्यो सकियो। कसैले माइन्ड गर्लान् जस्तो लाग्दैन। कुन संवैधानिक कुन असंवैधानिक केही वास्ता नगरिकन जतिबेला जे गर्न मन लाग्यो राष्ट्र प्रधानको स्विकृतिमा गर्न मिलिरहेको अवस्थामा उहाँलार्ई सबैको विश्वास छ भनेर एउटा फर्मान जारी गरिदिएपछि सबै माथि भारी भइहाल्छ। त्यति नभए कोभिडलार्ई दोष दिए भर्ईहाल्यो। उसैपनि कोभिडको राजनैतिक प्रयोग सबैले सकेसम्म गरिरहेकै छन्।

सरकार प्रधानले विश्वासको मत लिने भनेपछि आफंैमा समेत विश्वास नभएका उही दलका, भरखरै छुट्टिएका, विपक्षी दलहरु, दल भित्रकापनि विभिन्न गुटका नेताहरु अलमलिएर के गर्ने र कसो गर्ने भन्दै यता र उता कुदाकुद गरिरहेका देखिन्छन्।

कसैलार्ई कसैको विश्वास छैन। दलका जुनसुकै तहका नेता भएपनि कुनबेला कता सल्किन्छ र कता ढल्किन्छ थाहा हुँदैन। केन्द्रमा मात्रै होईन प्रदेशमा पनि उस्तै छ। कसले कुनबेला छोड्छ र तुरुन्तै सपथ ग्रहण गरेर उही पद जोड्छ भन्ने थाहा नै हुँदैन। लुम्बिनी प्रदेशका मुख्य मन्त्रीले बिहान राजीनामा दिए र दिउँसो फेरि त्यही पदको सपथ लिए।

प्रदेश प्रमुखको कार्यालयमा गएर शपथ लिन पर्नेमा प्रदेश प्रमुख नै प्रदेश सभाका माननीयहरुलार्ई छलेर लुसुक्क मुख्य मन्त्रीको कार्यालयमा गएर खुसुक्क सपथ ग्रहण गराएपछि मुख्यमन्त्री फेरि टुसुक्क आफ्नो कुर्सीमा फर्केछन्। कसैले विश्वास छ भन्छन् कसैले विश्वास छैन भन्छन्। आँट गरेपछि कसैको कुरा सुन्नै परेन र सपथ खाइदिएपछि हटाउन कसैले आँट गरेन।

विरोध गर्नेहरु एकदुर्ई दिन कराए अनि आफै हराए र कोही चाहिँ बिरोधमा निकालेको स्वर अनुसारको नोटको ठेली भेटेरपनि बिरोध गर्न डराए। भित्रभित्र के के भयो केके? केन्द्रमा पनि त्यसै गरिने त होला भनेर एकथरी ढुक्क छन्।

केन्द्रको रोग प्रदेशमा र प्रदेशको रोग केन्द्रमा पुग्नु कुनै नौलो हुँदैन। कोभिडको कोरोना र राजनैतिक कोरोना सर्ने तरिका एकै किसिमको रहेछ। दुवैतिर एकैखाले आनिबानी र बिचारका महानुभावहरुको शासन भएपछि आफ्नो आसन बलियो पार्ने तरिका फरक हुने कुरै आएन।

केन्द्रदेखि प्रदेशसम्म बिश्वास अविश्वासको खिचातानी चम्किएको र देश थाहै नभएको गन्तब्यतिर लम्किएको मौका छोपेर कोरोनाले जनतालार्ई आक्रान्त पार्दै लगेको छ।

जनता रोग र भोक दुवैबाट मर्ने अनि सरकार चाहिँ मृतकको संख्यामात्रै गिन्ती गर्ने काममा व्यस्त भएर कमिशनमा चर्ने कार्र्य ज्यादै शानदार तरिकाले चलिरहेको र बिरामीहरुकै कारणले धेरैतिर नगद फलिरहेको छ रे भन्ने सुनेर जनता अलमलमा परेका छन्।

बिरामीलार्ई अस्पताल लैजान एम्बुलेन्स, अस्पतालमा बेड, अक्सिजन,आईसियू,औषधि आदि नपाएर बिरामीले अस्पतालहरु चहार्दा चहार्दै ज्यान गुमाएको र दिनदिनै मृतकको संख्याले नयाँ नयाँ रेकर्ड बनाउँदै अनि यी संख्या अझ बढ्न सक्ने जनाउँदै आएपनि सरकारलार्ई आफ्नो कुर्सीभन्दा अर्को विषयमा त्यति ध्यान भएजस्तो देखिन्न। यो त स्वाभाविक नै हो।

कोरोना त आउला जाला तर कुर्सी हातबाट फुत्कियो भने के पाउँला के खाउँला भनेर सोच्नै पर्यो। अहिले स्वयम् सरकार हाँकेर बस्दा त आफ्ना नजिकका भनिएकादेखि लिएर जन्मजात शत्रुमा गनिएकासम्म सबै नै बिरोधमा खनिएका छन्।

भोलि केही गरी अविश्वास भेटियो र सरकारबाट नाम मेटियो भने केरोनाको उपचारमा लागेर विश्वासको मतको लागि अनुकूल वातावरण बनाउन सकिएन भनेर कसैले दया देखाउने वाला छैनन् भनेपछि कुर्सीको महत्वपूर्ण पाटो बिर्सेर गलत बाटो समात्ने गल्ती गर्नै भएन। त्यही भएर बिरामीहरुको हालत र उपचार व्यवस्था बारे बुझ्न र निर्देशन दिन हिँड्नुभन्दा कुर्सी जोगाउने विश्वासको मतको लागि नेताहरुको घरदैलोमा भैलो माग्दै हिँड्नु श्रेयस्कर छ। के गर्नु, समय र आवश्यकता अनुसार चल्नै पर्यो अनि मौकामा कोरीको पनि पाउ मल्नै पर्यो।

अघिल्लो कोरोना लहरमा स्वास्थ्य सामग्री खरिदको लागि ओम्नी समूहमार्फत उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीका सुपुत्रहरुले यथेष्ट कमिशनको व्यवस्था मिलाएर र हुने बिरुवाको चिल्लो पात भन्ने भनाइलार्ई मुर्त रुप दिलाएर काम फत्ते गर्दा सरकार प्रधान लगायतका मुख्य मुख्य व्यक्तिहरुले मुख सिलाएर बसेको देख्दा असली कमिशनको जरो कहाँ रहेछ भनेर धेरैले अड्कल कसेका भएपनि सबैजना चुप लागेर बसेका थिए। जे जसो गरेपनि कुरा काट्नेहरुका कुरा अहिलेसम्म कसले सुनेको र त्यो अनुसारको बाटो कसले चुनेको छ र?

हत्तपत्त गन्न र यति नै हो भनेर ठ्याक्कै भन्न नसकिने संख्यामा मान्छे काट्नेले त केही गर्न नसकेको अवस्थामा जाबो कुरा काट्नेले केही लछार्न नसक्ने हुनाले सबैलार्ई सधैभरी यसैगरि पछार्न सकिहालिन्छ भनेर ढुक्क भए हुन्छ। पाइला पाइलामा कमिशन खाने र त्यसको ठूलो हिस्सा माथिसम्म जाने परिपाटीबाटै सबैजना चलेका र यसैबाट फूले फलेकाहरुको जगजगीमा यति भएर पनि समयमा उपचार सामग्री प्राप्त भएमा पनि असल जनताले ठूलो उपलब्धि मानी दिन पर्छ र यसलार्ई ज्यादै सकारात्मक रुपमा जानी दिन पर्छ।

यसपाली पनि त्यस्तै भएछ र भ्याक्सिन खरिद कमिशनकै बाटोतिर गएछ। यहाँको सरकारले नगद तिरेर र सार्वजकि खरिद ऐनको सबै नियमहरु भित्र छिरेर दक्षिणी छिमेकी सरकारसित सिधै खरिद गर्न लागेको कोरोनाको भ्याक्सिन समयमा नआउनुको कारण बुझ्दै जाँदा दुर्ई व्यापारिक घरानाले कमिशन नपाएको हुनाले समयमा खोप नआएको थाहा हुन आयो।

अरुले भनेको भए पत्याउने कुरै थिएन तर सम्बन्धित मन्त्रीले नै भनेपछि त पत्याउन करै लाग्यो र सुन्दापनि जनतालार्ई डरै लाग्यो। अन्य बेलामा घुस, कमिशन, नजराना, उठ्तीपुठ्ती, कालो बजारी, अत्याधिक मुनाफा, ठगी, भ्रष्टाचार जस्ता सुकर्महरुलार्ई सबैले स्विकार गर्दै र सक्नेले हाकाहाकी चर्दै आएको परम्परालार्ई कायम राख्न अनि यसैबाट बसिबसी ठूलो रकमको स्वाद चाख्न पाइन्छ भने यस्तो मौका गुमाउनै हुँदैन।

सरकारका बहालवाला स्वास्थ्य मन्त्रीले पनि केही गर्न नसकेर व्यापारीले कमिशन नपाएकोले यताको सरकारले उताको सरकारसित किनेर खोप ल्याउन नसकेको भनेर सञ्चार माध्यममा सफाय दिन र यसैबाट जनताको जस लिन पर्ने भनेपछि ती व्यापारीहरुको पहुँच कहाँ कहाँ होला भनेर तपार्ईँ हामीले कल्पना गर्ने प्रयास नगर्नु नै बुद्धिमानी ठानिन्छ र यसबोरमा कुरा नगर्नु नै राम्रो मानिन्छ।

देशमा कोरोनाको हाहाकार भएर भोक र रोगले अताल्लिएका जनतालार्ई उखान टुक्का र आफ्नै समकक्षीहरुलार्ई गाली गलौज गरेर मनोरन्जन गराउँदै कुर्सी जोगाउन जानेजति सबैकहाँ हारगुहार गर्ने अनि कुर्सीको लागि जोसित जुन तहमा पनि झर्ने सरकार प्रधानको आर्थिक सल्लाहकार नै मारबाडी व्यापारी भएको अनि मारबाडी व्यापारीले सहयोग स्वरुप दिएको महलमा डेरा सरेर पार्टी कार्यालय नै हालसालै त्यता गएको देख्दा नै सरकार प्रधानको प्राथमिकता कता छ भन्ने जनताले बुझिसकेका छन्।

कमिशन जसले उठाएपनि र कमिशनका कुरा जसले उठाएपनि सरकार प्रधान मौन रहेको देखिनु र यस बारेमा सबैतिर लेखिनुले पिपलको जरा काँशी पुगेको हुन्छ भनेको सही नै हुनपर्छ भन्ने सबैलार्ई लागिरहेकोमा शंका गर्ने ठाउँ भएजस्तो लाग्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *