डिभी २०२२ को नतिजा आज आउने

डिसी नेपाल
२५ वैशाख २०७८ १५:४९

काठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आज आउने भएको छ । आज बेलुकी नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटपछि डिभी चिठ्ठाको नतिजा हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले ट्वीटरमार्फत एक सूचना जारी गर्दै यो चिठ्ठाको नतिजा वेबसाइटमा नै हेर्नुपर्ने र अमेरिकी सरकार, अमेरिकी दूतावास वा अन्य कुनै निकायले इमेल नपठाउने प्रस्ट पारेको छ ।

अमेरिकी दूतावासले ट्वीटरमार्फत एक सूचना जारी गर्दै भनेको छ –‘आज मे ८ अर्थात बैशाख २५ गते नेपाली समयअनुसार रातिको ९ः४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा डिभीप्रोग्राम डट स्टेट डट जीओभी (dvprogram.state.gov) मा गएर निःशुल्क हेर्न सकिनेछ र नतिजा हेर्न आवेदन दिँदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ। छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। याद गर्नुहोला, दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *