काठमाडौं उपत्यकामा मात्रै ३५ हजार बढी सक्रिय संक्रमित, देशभर कहाँ कति ?

डिसी नेपाल
२५ वैशाख २०७८ १८:२१

काठमाडौं । शनिबार नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३५ हजार ६७८ जना रहेका छन् । काठमाडौंमा २६ हजार ४२६, भक्तपुरमा ३ हजार ५४० र ललितपुरमा ५ हजार ७१२ गरी काठमाडौं उपत्यकामा ३५ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, झापामा १५०५, मोरङमा २५६८, सुनसरीमा १०८७, धनुषामा ११८८, पर्सामा १५८५, रुपन्देहीमा ७१२१ , बाँकेमा २६९९ ,बर्दियामा ५४७८, धादिङमा ६२०, नुवाकोटमा ६३१,कास्कीका २७७८, पाल्पामा ८१८ , कैलालीमा १७२६, सुर्खेतमा १८९६, , दाङमा ५६२ , चितवनमा १५८५ , काभ्रेमा ९९२, मकवानपुरमा ९२५ र कपिलवस्तुमा २०४० जना सक्रिय संक्रमित रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ६३२ जनाको मृत्यु भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *