घरमा बस्दाबस्दै अक्सिजनको मात्रा कम भए के गर्नैपर्छ? यस्तो छ, डा. अनूप सुवेदीको सुझाव – Dcnepal

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा कम भए के गर्नैपर्छ? यस्तो छ, डा. अनूप सुवेदीको सुझाव

काठमाडौं। डा. अनूप सुवेदीले घरमै बसेका कोभिड संक्रमितका लागि अक्सिजन कमी भएमा स्टेरोइड औषधी खान सुझाव दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत आग्रह गर्दै संक्रामक रोग विशेषज्ञ डा. सुवेदीले घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले स्टेरोइड औषधी खान सुझाव दिएका हुन्।

उनले यो यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी भएको उल्लेख गर्दै घरमा बसेका, अस्पताल भर्ना भएर अक्सिजन नपाएका र अन्य उपचार लिन नपाउँदाको अवस्थामा यो औषधि प्रयोग गर्न आग्रह गरेका छन्।

डा. सुवेदीले अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्ने तिर पनि ध्यान दिन आग्रह गरेका छन्। तर, अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने उनले बताएका छन्।

अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।

नेपालमा कोभिड १९ को दोस्रो लहर तीव्र रुपमा फैलिदै गए पछि धेरै अस्पतालमा बिरामीलाई बेडको अभाव हुन थालेको छ। यस्तै बिरामीले समयमा अक्सिजन नपाउने जोखिम बढ्दै गएको छ।

सोही कारण अहिले धेरै संक्रमितहरु घरमै आइसोलेसन बसिरहेका छन्। उनीहरुको लागि लक्षित गर्दै डा. बास्तोलाले यस्तो सुझाव दिएका हुन्।

उनले लेखेका छन् ‘असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असंख्यय मानिस यस्तै परिस्थितिमा भएको आँकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु।’

कति मात्रामा सेवन गर्ने ?

कि त Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Prednisolone 40 mg दिनको १ पटक खाना पछि खाने।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो