लोक सेवा आयोगका अध्यक्षमा माधव रेग्मी सिफारिस
काठमाडौं। संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा माधव रेग्मीलाई नियुक्तीका लागि सिफारिस गरेको छ। आइबार विहान बसेको परिषदको बैठकले लोकसेवा आयोग अध्यक्षमा रेग्मीलाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
यसैगरी बैठकले अख्तियार दुरुयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेललाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
पूर्व सचिव रेग्मी न्यायाधीश कुमार रेग्मीका दाइ हुन्। उनी प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाकाे सिफारिसमा लाेकसेवा अध्यक्षमा नियुक्तीका लागि सिफारिस भएका हुन्।
यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का पूर्व प्रमुख दिलिप रेग्मीको नाम सिफारिस गरेकाे छ। यसैगरी निर्वाचन आयोगकाे आयुक्तमा पूर्व सचिव वीरबहादुर राईलाई नियुक्तीका लागि सिफारिस गरेकाे हाे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment