आइतबार ८ हजार ८५० जनामा कोरोना संक्रमण, ८८ जना मृतक थपिए

डिसी नेपाल
२६ वैशाख २०७८ १६:४८

काठमाडौं । आइतबार ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१८ हजार ७८७ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ७७७ जना जनामा र ५०६ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ जना थपिएका छन् । आइतबार ५२ जनाको मृत्यु भएपनि विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका ३६ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

देशभर८८ हजार १६० सक्रिय संक्रमित छन् ।उनीहरुमध्ये ८१ हजार ४३० होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *