महामारी नियन्त्रणमा तीनै तहको जिम्मेवारी र भूमिका प्रष्ट हुनुपर्छ

डिसी नेपाल
२७ वैशाख २०७८ ६:१२

स्थानीय सरकार भनेको जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय हुन्। जनप्रतिनिधिले नागरिकको समस्या आफ्नै आखाँले देखेका हुनछन्, भोगेका हुन्छन्। उनीहरुको आवाजलाई पनि आफैं प्रत्यक्ष सुनेका, देखेका र भोगेका कारण स्थानीय जनप्रतिनिधि नै जनताले चाहेको सेवा प्रवाह गर्न सक्षम हुन्छन्।

अहिले विश्व कोरोना महामारीका कारण त्राहीत्राही भएको छ। नेपाल लगायत विश्वका सम्पूर्ण देशहरुमा कोरोनाको दोश्रो लहरले नागरिकहरुमा डर पैदा गरेको छ। कोरोनाले हामीलाई विगत १ वर्षदेखि नै दुःख दिइरहेको कुरा सर्वविधितै छ। हामी पहिलो वर्षको सिकाईलाई अहिले प्रयोग गरेर जनताको स्वास्थ्य उपचारको जिम्मेवारी स्थानीय सरकारले लिइरहेका छन्।

सामान्यतः नगरपालिकाहरुले काेभिडको महामारी नियन्त्रणका लागि आफ्नो ठाउँबाट प्रयासहरु गरिरहेका छन्। कोभिडका विरामीहरुलाई औषधिको व्यवस्थापन गर्ने, एम्बुलेन्स सेवा दिने, जनचेतना जगाउने, आइसोलेसन बनाउनेका जनप्रतिनिधि र स्थानीय सरकारले गरिरहेका छन्। स्थानीय जनप्रतिनिधि नै यस काममा बढी संलग्न भएका छन्, र स्थानीय जनप्रतिनिधिको कर्तव्य पनि हो।

गत वर्ष कोरोनाको महामारीका लागि नयाँ थियौं। के ? कसरी ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोज्दाखोज्दै धेरे ढिला भएको थियो। विदेशबाट आउनेलाई पनि व्यवस्थापन गर्नु पर्ने, स्थानीय तहमा क्वारेन्टाइन, आइसोलेसन बनाउनै पर्ने, पीसीआर टेस्टदेखि धेरै कुरामा अलमल भयो। दोश्रो लहरमा कोरोनाको संक्रमण आएपछि धेरै पालिकाहरुले यसलाई काबुमा राखेका छन्। सामान्यतः काठमाडौं उपत्यका भित्रको अवस्था भने फरक छ।

नगरपालिकाहरुले काेभिडको महामारी नियन्त्रणका लागि आफ्नो ठाउँबाट प्रयासहरु गरिरहेका छन्। कोभिडका विरामीहरुलाई औषधिको व्यवस्थापन गर्ने, एम्बुलेन्स सेवा दिने, जनचेतना जगाउने, आइसोलेसन बनाउनेका जनप्रतिनिधि र स्थानीय सरकारले गरिरहेका छन्। स्थानीय जनप्रतिनिधि नै यस काममा बढी संलग्न भएका छन्, र स्थानीय जनप्रतिनिधिको कर्तव्य पनि हो।

कोरोनाको अलि बढी प्रभाव देखिएका ठाउँहरुमा पनि स्थानीय सरकारले गर्नेकाम गरिरहेकै छन्। हाम्रो देश मेडिकल पूर्वाधारमा कमजोर छ। अक्सिजनसहितका भेन्टिलेटरहरुको व्यवास्था गर्ने कुरामा समस्या आएको स्वीकार्नु पर्छ।

सरुवा रोग नियन्त्रण अस्पतालहरु पनि हामीसँग कम भएको र श्रोत तथा जनशक्तिको कमी भएकाले कोरोनाको महामारी विरुद्ध संघीय सरकारलाई चुनौति देखिएको हो। संघीय सरकारले कोरोनाको महामारीबाट पाठ सिकेर आउने दिनमा यस्ता विषयमा ध्यान दिन जरुरी छ।

संघीय,प्रदेश र स्थानीय गरी ३ वटा सरकार सञ्चालनमा छन्। महामारी नियन्त्रणमा तीन वटै सरकारको जिम्मेवारी र भूमिका प्रष्ट नभएका कारण पनि यो समस्या आएको हो। महामारी नियन्त्रणमा पनि कसको जिम्मेवारी के भन्ने प्रष्ट भएको भए त्यो अनुसारले स्थानीय सरकारले अझै तयारी गर्थे होला भन्ने मेरो बुझाइ छ। त्यसैले महामारी नियन्त्रणमा तीन वटा सरकारको भूमिका र जिम्मेवारी बाडँफाड गरिनु पर्छ।

कोरोना महामारी पहिलो र अन्तिम होइन। यो रोगजस्ता विपत्ति र महामारी अरु पनि आउने पूर्वानुमान गर्दै ७७ वटै जिल्लामा सरुवा रोग नियन्त्रण अस्पतालको व्यवस्था गरिनु पर्छ।

अहिलेको संविधानमा महामारी नियन्त्रणमा संघीय सरकारको एकल दायित्व भनेर लेखेको छ। यसलाई संघीय, प्रदेश र स्थानीय सरकारले कति गर्ने, कुन जिम्मेवारी र भूमिकामा रहने भन्ने तोकेरै कानून पनि ल्याउनु पर्छ।

महामारी नियन्त्रणका लागि तीनै तहका सरकारले जिम्मेवारी लिनुपर्छ। संविधानले महामारी नियन्त्रण संघीय सरकारको जिम्माको काम भनेता पनि नागरिक चाहिँ तीन वटै सरकारका हुन्। एउटा मात्र सरकारको नागरिक होइन। त्यसकारण हामीले कानुनी दायित्वमा स्पष्टता पनि ल्याउनु पर्दछ।

आफ्नो नजिकको आफूले आफ्नो जिम्मेवारीमा रहेको नगर क्षेत्र भित्रका जनताहरूको स्वास्थ्य सेवा दिने कुरा उनीहरूलाई सुरक्षित राख्ने कुरा, उनीहरूलाई व्यवस्थित गर्ने कुरा उनीहरूका समस्या समाधान गर्ने कुरामा फ्रन्टलाइनमा स्थानीय सरकार पर्दछ।

नागरिकले नै बनाएका प्रतिनिधिहरू हुन्। त्यसकारण नागरिकका हरेक खालका समस्याहरूमा चाहिँ कानुनले अधिकार दिएको गर्ने नत्र नगर्ने भन्ने होइन। मानवीय समस्या सबैभन्दा ठूलो कुरा हो।

त्यसमा जनप्रतिनिधिको भूमिका अब्बल हुनु पर्दछ। जुनबेला संकट पर्दछ राष्ट्रलाई त्यतीबेला जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सेनाप्रहरी सबै मिलेर काम गर्नु पर्दछ।यतिबेला हाम्रो समन्वयको महत्वपूर्ण भूमिका हुन्छ।

देशभरीका नगरपालिकाका जनप्रतिनिधिलाई आफू सुरक्षित भएर जनताको सेवामा लाग्न अनुरोध गरिएको छ। उहाँहरुको सुरक्षाको व्यवस्था संघीय सरकारले गरो भन्ने अपेक्षा हो।

पोहोर सालको गल्तिबाट धेरै कुरा सिक्दै जुन उत्कृष्टता हासिल गरेका थियौं। त्यो भन्दा पनि राम्रो काम अहिले गर्नु पर्छ भन्ने हामीमा आँट आएको छ र जिम्मेवारी पनि थपिएको छ।

कोरोना महामारीलाई जनताको सेवा गर्ने अवसरका रुपमा स्थानीय सरकारले लिएका छन्। गतवर्षको सिकाइबाट यो वर्षको व्यवस्थापनमा हामीले अझ उतकृष्ट काम गर्ने अवसर पाएका छौं।

हामी जनताका सेवक हौ, जताले सेवा गर्नका लागि हामीलाई प्रतिनिधि बनाएका हुन भन्ने कुरा कुनै पनि जनप्रतिनिधिले विर्सिनु हुँदैन। हामीले बिर्सेका पनि छैनौं। गत वर्ष पनि उत्कृष्ट काम गरेका हौं र दोश्रो लहरमा आएको महामारीलाई पनि हामीले नितान्त परास्त गर्ने छौं।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *