ट्वीटरमा हुने स्पेसमा युवाहरूकाे सहभागिता बढ्दाे

डिसी नेपाल
२७ वैशाख २०७८ १०:०१

काठमाडाैं।  ट्वीटरमा हुने स्पेसमा दिनानुदिन युवाहरूकाे सहभागिता बढिरहेको छ। विविध विषयमा छलफल हुने स्पेसमा साेमबार मानवी पौडेलले आइसियू बेड, सरकारी डाटा र कोरोनाको स्थितिबारे फिल्डमै खटिएका डाक्टर, विरामी, आफन्त र तपाइँलाई सुनौ है शिर्षकमा बहस चलाइन्।

छलफलमा उपप्रधानमन्त्री इश्वर पोख्रेलले पनि कोभिड विरुद्ध लड्न सरकारले गरेको तयारीकाबारेमा जानकारी दिएका थिए। उपप्रधानमन्त्रीले मुख्यतः चीनबाट अक्सिजन ल्याउने र वीर अस्पताललाई काठमाडौं बाहिरका कोभीड अस्पतालसँग समन्वय गर्ने सोचकासाथ काम भइरहेको बताएका थिए।

उनले वीरमा बनेको नयाँ भवनलाई कोरोना विशेष अस्पतालको रुपमा अघि बढाउने कार्य शुभारम्भ गरिसकेको जानकारी दिएका थिए। भेरी अन्चल अस्पतालका कन्सल्टेन्ट डा. बद्री चापागाईं (जो ट्वीटर मा मान्ठा नामको ह्यान्डल चलाउँछन्)  ले कोरोनासँगको लडाइँबारे जानकारी दिएका थिए।

डा चापागाईंका अनुसार अघिल्लो वर्षसम्म १५० बेड क्षमतामा संचालन भैरहेको भेरी अस्पतालले कोभड-१९ को पहिलो लहरको बेलाम खजुरा स्थित सुशील कोइराला क्यान्सर अस्पतालमा अस्थायी कोरोना बिशेष अस्पताल संचालनमा ल्याएको थियो।

डा. चापागाईंका अनुसार व्यवस्थापनमा कठिनाइ भएपछि अस्पताल परिसरमै १८ बेडको आइसियूसहित १४२ शैयाको कोभिड विशेष वार्ड संचालनमा ल्यायो। र, भदौको तेश्रो साता पछि आफ्नै परिसरमा सेवा संचालन गर्न थाल्यो। पहिलो चरणमा दशैंको आसपास वार्डहरू भरिएपनि त्यो बृद्धि क्रमिक थियो।

प्राय बिरामीहरुको सामान्य तथा मध्यम खालका लक्षण हुन्थे। यसपटक भने चैतको अन्तिम सातादेखि नयाँ बिरामी बढ्न थालेकोमा ३-४ दिनमै कोभिड वार्डका अधिकांश शैयाहरु भरिइसेका थिए। हाल अवस्था यस्तो थालिसक्यो कि अक्सिजन दिन मिल्ने अस्पतालका हरेका कुनाका बेडहरूमा सेवा बिस्तार गर्दा पनि बिरामीको चाप र मागलाई धान्न सक्ने अवस्था छैन।

पछिल्लो समय युवाहरूले स्पेसलाई दैनन्दिन घटनालाई छलफल गर्ने थलोका रुपमा गर्दै लगेका छन्। छलफलमा भाग लिन होस्ट मानवीले उपप्रधानमन्त्री पोख्रेललाई निम्तो गरेकी थिइन्।

समयको ब्यबस्थापन गर्न प्रयास गर्दै समसामयिक विषयलाई छलफलमा लिएर आउने पनि मानवीको भनाइ छ। हिजो उनले होस्ट गरेको स्पेसमा ४ सय ८७ जना युवा सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *