झलनाथ खनाल काेराेना सङ्क्रमणमुक्त

डिसी नेपाल
२७ वैशाख २०७८ १०:२३
80
Shares

काठमाडाैं। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन्। नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त भएकाछन्।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए। उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन्।

सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *