संसदको विषेश अधिवेशनकाे तयारी कस्ताे हुँदैछ ? (फोटो फिचर )

डिसी नेपाल
२७ वैशाख २०७८ १२:५४
88
Shares

काठमाडौं ।आज बस्ने संसदको विषेश अधिवेशनको तयारी पूरा भएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले तयारीबारे अनुगमन गरेका छन्। कोरोनाको महामारीकाबीच हुन लागेको संसदको विषेश अधिवेशनबाट प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ।

यसअघि सांसदहरुको कोरोनाको परीक्षण गराइएको थियो। कोरोना पोजेटिभ आएको सांसदहरुलाई अलगै मत हालने व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार कोरोनाको महामारीकाबीच हुने अधिवेशनमा स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डहरु अपनाइएको छ।

एम्बुलेन्सलाई स्टाण्डबाई राखिएको छ भने, पीपीई सहितको स्वास्थ्यकर्मीको टोली पनि संसद भवनमा तयारी अवस्थामा रहेको छ। नेपालमा हालसम्म कोरोनाबाट ३ हजार ७ सय २० जनाको जयान गएको छ भने, ३ लाख ९४ हजार ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *