काठमाडौंमा अझै १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय, जेठ १२ सम्म निषेधाज्ञा जारी रहने

डिसी नेपाल
२७ वैशाख २०७८ १४:०६

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सकिएपछि पनि थप १५ दिन निषेधाज्ञा जारी रहने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाको अवधि थप १५ दिन लम्ब्याउने निर्णय भएको हो ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ । अब १५ दिन थप भएपछि निषेधाज्ञा आगामी जेठ १२ सम्म जारी रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *