काठमाडौं उपत्यकामा मात्रै ३९ हजार बढी सक्रिय संक्रमित, देशभर कहाँ कति ?

डिसी नेपाल
२७ वैशाख २०७८ १९:३१

काठमाडौं । शनिबार नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३९ हजार ४६३ जना रहेका छन् । काठमाडौंमा २९ हजार७१, भक्तपुरमा ४ हजार ११२ र ललितपुरमा ६ हजार २८० गरी काठमाडौं उपत्यकामा ३९ हजार ४६३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, झापामा १७००, मोरङमा ३१०२, सुनसरीमा ११७४, धनुषामा १४१५, पर्सामा १५८९, बारामा ५१४, महोत्तरीमा ६३६, रुपन्देहीमा ७४५१ , बाँकेमा ५२२८ ,बर्दियामा ७६५, नवलपरासी (पूर्व)मा ५१९, धादिङमा ६८९, नुवाकोटमा ६९३, गोरखामा ५९१, कास्कीका ३४२६, पाल्पामा ९४८ , कैलालीमा २१२१, सुर्खेतमा १९१५, बैतडीमा ५८७, कंचनपुरमा ९२२, दाङमा ३०१५ , नवलपरासी (पश्चिम)मा ८०५, चितवनमा २५२७ , काभ्रेमा ११७८, मकवानपुरमा १२४६ र कपिलवस्तुमा ६६५ जना सक्रिय संक्रमित रहेका छन् ।

२ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा रौताहट, सर्लाही, सिराहा, सप्तरी, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, डडेलधुरा, डोटी, अछाम, दैलेख, अर्घाखाँची, गुल्मी, तनहुँ, पर्वत, म्याग्दी र स्याङ्जा रहेका छन् ।

सोमबार नेपालमा १७ हजार ६२३ जनाको पीसीआर परिक्षण गर्दा ९ हजार १२७ जनामा र ७८८ जनाको एन्टीजेन परिक्षण गर्दा १४४ जनामा गरी ९ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३९ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् । हालसम्म कोरोनाको कारण ३ हजार ८५९ जनाको मृत्यु भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *