काठमाडौं उपत्यकामा निषेधाज्ञा थप, पसल खोल्न पाइने समय पनि थपियो, बिहेमा कडाइ

डिसी नेपाल
२८ वैशाख २०७८ १४:४४

काठमाडौं। उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइएको छ । अब निषेधाज्ञा जेठ १३ गतेसम्म जारी रहनेछ । साथमा उपत्यकाभित्र अत्यावश्यक दैनिक उपभोग्य सामानका पसल खोल्न पाइने समय पनि ढाइएको छ । विवाहलगायतका कार्यक्रममा भने कडाइ गरिएको छ ।

मंगलबार बसेको उपत्यकाभित्रका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेको छ । बैठकले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय पनि गरेको छ । तर, खाद्यान्न तथा तरकारी बजारका पसलहरु खोल्न पाइने समय भने बढाएर बिहान १० बजेसम्म खोल्न पाइने बनाइएको छ । यसअघि यी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो ।

विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा हुने भीडले भाइरस संक्रमण फैलाउन सहयोग गरेको ठहर गर्दै यस्ता कार्यक्रममा भने कडाइ गरिएको छ । अब निषेधाज्ञा अवधिभर अबदेखि पार्टी प्यालेस र होटलमा बिहे तथा ब्रतबन्ध जस्ता कार्यक्रम गर्न पाइने छैन । यस प्रकारका कार्यबाट संक्रमण फैलिएको ठहर गर्दै यी कार्यक्रममा कडाइ गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *