सरकारका नाममा सर्वोच्चको आदेशः उपचारबाट विमुख हुने स्थिति नहोस्

डिसी नेपाल
२८ वैशाख २०७८ १५:०५

काठमाडौं। सर्वोच्च अदालतले जनतालाई आधारभुत स्वास्थ्य सेवाबाट विमुख नगराउन सरकारका नाममा आदेश दिएको छ। सर्वोच्चले मंगलबार अन्तरिम आदेश दिँदै आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन अस्पताल, स्वास्थ्यकर्मी , औषधी र अक्सिजनको पर्याप्त व्यवस्था मिलाउन आदेश दिएको हो।

अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकर लगातयले दायर गरेको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजसलासले ‘आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधनयुक्त अस्पतालहरु सञ्चालमा ल्याउनु साथै अस्पतालहरुमा बिरामीहरुको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न अन्तरिम आदेश दिएको हो। अक्सिजन तथा आईसीयूको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेको बेला सर्वोच्चले सरकारका नाममा यो आदेश दिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *