मृत्युको संख्यामा रेकर्ड, सक्रिय संक्रमितको संख्या एकलाख नजिक

डिसी नेपाल
२८ वैशाख २०७८ १७:५८

काठमाडौं । मंगलबार नेपालमा ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ५९६ जनाको पीसीआर र ७२० एन्टीजेन परिक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२५ जना थपिएका छन् ।

थप ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । हालसम्म कोरोनाको कारण ४ हजार ८४ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म ४४८ जना क्वारेन्टीनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *