बंगलादेशबाट आइपुग्यो ३२ हजार भाइल रेम्डिसिभर

डिसी नेपाल
२८ वैशाख २०७८ २०:१८

काठमाडौं। कोरोना संक्रमितको उपचारमा उपयोगी औषधि रेम्डिसिभर बंगलादेशबाट मंगलबार नेपाल आइपुगेको छ। मंगलबार ढाकाबाट ३२ हजार भाइल रेम्डिसिभर औषधि बोकेर उडेको हिमालय एयरलाइन्सको विमान काठमाडौं आइपुगेको हो।

स्रोतका अनुसार ३२ हजार भाइल मध्ये सरकारले १० हजार र निजी सप्लार्यसले २२ हजार भाइल ल्याएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले ल्याएको औषधि सरकारी अस्पतालमा वितरण गरिनेछ। सरकारी अस्पतालमाहरुमा सो औषधि निःशुल्क वितरण दिइने छ। सप्लार्यसले ल्याएको औषधिको मूल्य करिब ५ हजार तोकिएको प्रवक्ता गौतमले जानकारी दिए।

उनका अनुसार निजी सप्लार्यसले ल्याएको औषधि पनि स्वास्थय मन्त्रालयले दिएको अस्पतालहरुको सूचीअनुसार वितरण गरिने छ।

स्रोतका अनुसार निजी क्षेत्रको आयान हेल्थ केयर प्रालि कुपन्डोलले २२ हजार भाइल रेम्डिसिभर औषधि ल्याएको हो। सो कम्पनी अन्तर्गतका दुईवटा कम्पनी इन्सेफ्टा र वेकनले बंगलादेशबाट सो औषधि ल्याएका हुन्। रेम्डिसिभर औषधि कोरोना संक्रमितका लागि निकै उपयोगी मानिएको छ। यो औषधिको नेपालमा उच्च माग छ। यो औषधिको कालोबजारी हुन थालेपछि सरकारले यसको मूल्यसमेत तोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *