कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालमा तोडफोड

डिसी नेपाल
२८ वैशाख २०७८ २१:५४

काठमाडौं। महोत्तरी जलेश्वरका एक कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालमा तोडफोड भएको छ। जलेश्वर नगरपालिका–४ बस्ने ५५ वर्षीय एक पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

अस्पताल तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले मृतकका छोराहरू मनोज महतो र पप्पु महतोलाई प्रकाउ गरेर राखेको छ। जनकपुर अस्पतालको कोभिड वार्डको आईसीयूमा रहेका बाबुको उपचारमा चासो नदिएको भन्दै उनीहरूले नर्समाथि हातपात गर्नुका साथै तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

नर्समाथि हातपात र भेन्टिलेटरमा क्षति पुर्याएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको धनुषाका एसपी प्रकाश राना भाटले बताए। एसपी राना भाटका अनुसार दुईवटा भेन्टिलेटरमा क्षति पुगेको छ। अहिले जनकपुर अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र अस्पतालमा रहेका विरामीको उपचार पनि ठप्प भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *