संक्रमितको अन्त्येष्टिमा २५ जनामात्र मलामी जान पाइने

डिसी नेपाल
२९ वैशाख २०७८ १८:३८

काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेको शव व्यवस्थापनगर्दा २५ जनाभन्दा बढी मलामी जान नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेको बैठकले जनस्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापनको मापदण्ड तोकेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत मृतकको अन्त्येष्टि गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जना भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शव व्यवस्थापन गर्न आग्रह गरेका हुन् । उनलेले व्यवस्थापन गर्न सम्भव नभए शव व्यवस्थापन सेनाले गर्ने व्यवस्था भएको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *