सीसीएमसीप्रति स्वास्थ्यमन्त्री त्रिपाठी असन्तुष्ट

खेमराज थापा
२९ वैशाख २०७८ २१:३८

काठमाडौं। कोरोना महामारीबारे आवश्यक निर्णय लिने र मापदण्ड बनाउने जिम्मेवारी लिएको शक्तिशाली संयन्त्र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)सँग तालुकवाला मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हाँकिरहेका मन्त्री हृदेश त्रिपाठी असन्तुष्ट देखिएका छन्।

स्वास्थ्य मन्त्रालय गरेका सिफारिस सीसीएमसीले लत्याइदिने गरेपछि स्वास्थ्यमन्त्री त्रिपाठी सीसीएमसीप्रति असन्तुष्ट भएका हुन्। सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका छन्। यो संयन्त्रले स्वास्थ्य सामाग्री, औषधि खरिददेखि स्वास्थ्यकाका मापदण्डसमेत बनाउने गर्छ। र कोरोना विरुद्धको लडाईँका लागि रणनीतिसमेत बनाउँ छ। र त्यसमा स्वास्थ्य मन्त्रालय पनि सहभागी छ।

तर, स्वास्थ्य मन्त्रालयको सुझाव सीसीएमसीले नसुनेको संकेत स्वास्थ्यमन्त्री त्रिपाठीले गरे। उनले डिसी नेपालसँग भने, ‘सीसीएमसीमा हाम्रो पनि प्रतिनिधित्व गर्छ कसैले। तर, सबै उसले आफ्नै तरिकाले काम गरिरहेको होला। शक्तिशाली संयन्त्र हो।’ मन्त्री त्रिपाठीको यो भनाइ सीसीएमसीले पछिल्लो पटक निर्णय गरेको अक्सिजन वितरणका विषयमा हो। हाल सीसीएमसीले आफैले कोटा निर्धारण गरेर अस्पतालमा अक्सिजन सप्लाइ गर्ने निर्णय गरेको छ। र कसैले पनि आफूखुशी अक्सिजन सिलिन्डर किन्न नपाउने व्यवस्था गरेको छ।

सीसीएमसीले आइतबार अक्सिजनको कोटा निर्धारण गरेपछि उपत्यकाका ठूला निजी अस्पतालहरुले अक्सिजन अभाव देखाउँदै विरामी भर्ना गर्न छाडेका छन्। ती सबै अस्पतालहरुले सीसीएमसीले निर्धारण गरेको कोटाअनुसार अक्सिजन नपाएको जनाएका छन्। यही विषयमा बोल्दै मन्त्री त्रिपाठीले भने, ‘ठूला अस्पतालहरुले आफ्नो हिसाबले उद्योगबाट अक्सिजन ल्याइरहेका थिए। अब सीसीएमसीले कोटा निर्धारण गरेपछि त्यसको कार्यान्वयनमा व्यवहारिक समस्या आएको हुन सक्छ।’

मन्त्री त्रिपाठी सीएमसीसीसँग असन्तुष्ट हुनुको अर्को प्रमुख कारण स्वास्थ्य संटककाल हो। चिकित्सकहरुले देशमा स्वास्थ्य संकटकाल लगाउनुपर्ने सुझाव दिएपछि मन्त्रालय पनि सोही निष्कर्षमा पुग्यो। मन्त्री त्रिपाठीले भने, ‘मैले मेरो कुरा गरेको होइन, विज्ञहरुका अनुसार अहिलेको निषेधाज्ञालेमात्र पुग्दैन। अर्को निर्णय लिनुपर्छ।’ यो विषयमा पनि सीसीएमसीले सकरात्मक भूमिका नखेलेको मन्त्री त्रिपाठीको बुझाइ छ।

यसअघि विद्यालय बन्द गर्ने विषयमा पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री त्रिपाठीबीच विवाद भएको थियो।

मन्त्री त्रिपाठीले कोरोना महामारीले देशको स्वास्थ्य संरचना अवस्था उजागार गरिदिएको बताए। उनले अहिलेसम्मका सबै स्वाथ्यमन्त्री दोषी भएको बताए। उनले भने भने, ‘म जति दिन मन्त्री भएको छु, त्यसको दोष मैले लिनुपर्छ। र २०४८ सालदेखिका स्वास्थ्यमन्त्रीहरु पनि दोषी छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *