मलेसियामा पनि बढ्यो कोरोना, पुन : लकडाउन

डिसी नेपाल
३० वैशाख २०७८ ८:३२

क्वालालम्पुर। कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएपछि मलेसियामा मुभमेण्ड कन्ट्रोल अर्डर जारी गरिएको छ। बुधबार एकैदिन ३९ जनाको मृत्यु भएको थियो।

अहिलेसम्म जम्मा यो महामारीमा परी मृत्यु हुनेको संख्या मलेसियामा १,७६१ जना पुगेको छ। मलेसियाले मुभभेण्ट कन्ट्रोल अर्डर (एमसिओ) मे १२ देखि जुन १७ तारीख सम्मलाई जारी भएको छ।  मलेसियामा बैदेशिक रोजगारी र विभिन्न पेशा व्यवसायमा ४ लाखभन्दा बढी नेपालीहरु कार्यरत रहेका छन्।

बुधबार मात्रै पुन ४,७६५ जना नयाँ संक्रमित फेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ भने संक्रमितमध्ये आज ३,१२४ जना निको भएसँगै जम्मा ४ लाख ११ हजार ३६० जना उपचार पछि घर फर्किसकेको स्वास्थ मन्त्रालयको तथ्यांकले देखाउँछ।

अहिलेसम्म ४० हजार १०१ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , यस्तै ४६९ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मलेशियाको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

विगत लामो समयदेखि विश्वलाई नै अस्तव्यस्त बनाएर १० लाख भन्दा धेरै मानिसको ज्यान कोरोना भाइरसले लिइसकेको छ । दुई÷तीन महिना अगाडि सम्म नियन्त्रण उन्मुख हुदै गरेको कोरोना भाइरस पछिल्लो समय पुन भारत लगायतका देशहरुमा नियन्त्रण बाहिर पुगेसंगै विभिन्न देशहरुले निषेधाज्ञा अर्थात लक डाउन गर्न थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *